सैनामैना नमुना माविलाई आइएसओ सर्टिफिकेट

मेचीकाली संवाददाता

२८ बैशाख २०८१, शुक्रबार
485 shares

अमृत गिरी

सैनामैना । सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालयलाई अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह ९आइएसओ सटिर्फिकेट० प्राप्त भएको छ । उत्कृष्ट विद्यालयहरुलाई प्रदान गरिने आइएसओ प्रमाणपत्रको लोगो शुक्रबार एक समारोहबीच हस्तान्तरण गरिएको छ । यसक्षेत्रको अब्बल विद्यालयका रुपमा सैनामैनाको रानिबगैंचामा रहेको उक्त विद्यालयलाई अधिकांश मापदण्ड पूरा गरेको र बाँकी मापदण्ड केही समय भित्रै पूरा गर्ने प्रतिवद्धता गरेसगै शुक्रबार लोगो हस्तान्तरण गरिएको हो ।

उत्कृष्ट विद्यालयहरूलाई प्रदान गरिने अन्तर्राष्ट्रिय मापदण्डको गुणस्तरचिन्ह ‘आईएसओ’ सर्टिफिकेट प्राप्त गर्ने सैनामैनाको पहिलो सामुदायिक विद्यालय बनेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवलाल बस्याल, प्रधानाध्यापक नेत्रलाल पुरी र शिक्षक प्रतिनिधि नारायण गौतमलाई नेपाल आइएसओका नेपाल प्रतिनिधि सुदिप शर्माले उक्त लोगो र प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

आइएसओ सर्टिफाइट गर्ने संस्थाका प्रतिनिधि शर्माले उक्त विद्यालयले अधिकांश मापदण्ड पूरा गरेको तीन वर्षको अबको अबधिमा बाँकी मापदण्ड पनि पूरा गर्ने प्रयाप्त आधार रहेकाले लोगो हस्तान्तरण गरिएको बताए ।
विद्यालयका सल्लाहकार समितिका संयोजक खुशीराम चौधरीले आइएसओ सर्टिफाइटसंगै विद्यालयमा आइपरेको दायित्वलाई सफलतापूर्वक साकार पार्न सबैका बीचमा सहकार्यको खाँचो रहेको बताए ।

प्रधानाध्यापक नेत्रलाल पुरीले शैक्षिक संस्थाको शैक्षिक तथा व्यावस्थापकीय अवस्थाको मूल्यांकनका आधारमा कैयन अन्तरक्रिया, तालिम र सूचकको मापन गर्दै लोगो प्राप्त गरिएको भन्दै बाँकी मापदण्ड पनि तोकिएको समयमै पूरा गरिने प्रतिवद्धता जनाए ।
शैक्षिक संस्थाको शैक्षिक तथा व्यावस्थापकीय उत्कृष्टता र संस्थापक तथा प्रशासकको थप सुधारका लागि व्यक्त प्रतिबद्धतालाई समेत मूल्याङ्कन गरेर यो प्रमाणपत्र प्रदान गरिन्छ । यो प्रमाणपत्रको संसारभरि मान्यता हुन्छ ।

लोगो ग्रहण गर्दै व्यवस्थापन समितिका अध्यक्ष शिवलाल बस्यालले शैक्षिक गुणस्तर विकासका लागि सरोकारवाला सबैका बीचमा सहकार्य र समन्वय गरिने उल्लेख गरे । उनले शिक्षक, कर्मचारस्, व्यवस्थापन समिति, नागरिक अगुवा, शुभेच्छुक सबैको सहकार्यमा नमुना विद्यालयको गरिमा अझ उचो पारिने बताए ।

उक्त अवसरमा सैनामैना नगरपालिकाका शिक्षा शाखा प्रमुख राधा बेल्वासे, सहायक प्रअ यमानन्द चालिसे, आइएओका विद्यालय प्रतिनिधि नारायण गौतम, शिक्षक हरिराम पौडेललगायतले बोल्दै आइएओ मापदण्डको लागोलाई साकार पार्नेगरी काम गर्ने प्रतिवद्धता जनाए ।

केही वर्षमै कायापलट भएको विद्यालय
एक समय केही सयको संख्यामा रहेका विद्यार्थी, जीर्ण विद्यालय भवन अहिले एकादेशको कथा भएको छ । अहिले विद्यालयमा झण्डै तीन हजार विद्यार्थी अध्ययनरत छन् भने व्यवस्थित कक्षाकोठासहितका आधुनिक भवन निर्माण भएका छन् र नयाँ कक्षा कोठमात्रै झण्डै ३५ वटा थप भएका छन् ।

विद्यालयमा शिक्षकका रुपमा जब २०७४ सालमा नेत्रलाल पुरीको आगमन भएपछि उनै प्रधानाध्यापकको नेतृत्वमा असल टिमवर्क भएपछि उस्तै जागरुक रहेको व्यवस्थापन समितिको सहकार्यमा विद्यालयको कायापलट भएको छ । विद्यालयका भौतिक संरचना मात्रै होइन, शैक्षिक गुणस्तरमा समेत अब्बल सावित भइरहेको स्वयम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवलाल बस्यालको अनुभव छ ।

विद्यालयका आधुनिक भवन, ल्याब निर्माणदेखि फर्निचरसम्मका काममा यसक्षेत्रका जनप्रतिनिधि पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको अगुवाईमा आवश्यक बजेटको प्रबन्ध भएको थियो । विद्यालयले माग गरेका संरचना निर्माणका लागि जनप्रतिनिधका रुपमा नेता पौडेलले गरेका निरन्तरका पहल अहिले सार्थक बनेका छन् ।

वि।सं।२०३१ सालमा सामान्य ढुंगा, माटो र काठबाट निर्माण गरी कक्षा १ सञ्चालन गरी स्थापना भएको विद्यालयमा अहिले शिक्षा, वाणिज्य र विज्ञान विषयमा कक्षा १२ सम्मको अध्यापन हुँदै आएको छ । विज्ञान विषय सुरु गरेको पहिलो वर्ष नै शतप्रतिशत नतिजासहित जिल्लामै अब्बल भएको थियो ।

विसं। २०३४ सालमा निम्न माध्यमिक तह र विसं २०५२ सालमा माध्यमिक तह ९९–१०० को अनुमति प्राप्त गरी माध्यमिक शिक्षा प्रदान गरेकोमा विसं। २०६७ सालदेखि शिक्षा र बाणिज्य संकायमा कक्षा ११ र १२ सञ्चालन भइरहेकोमा २०७८ सालदेखि विज्ञान संकायसमेत थप गरी नगरपालिकाकै विज्ञान संकाय सञ्चालन गर्ने पहिलो विद्यालय बनेको छ ।

विसं।०७६ मंसिर ५ मा साविक सैनामैना मावि र साविक पर्रोहा परमेश्वर आधारभूत विद्यालय समायोजन गरी हाल सैनामैना पर्रोहा परमेश्वर माध्यमिक विद्यालय कायम भएको छ । सुरक्षित, सम्मानजनक र समावेशी वातावरणमा उच्च गुणस्तरको शिक्षा र बाल हेरचाह प्रदान गर्ने उद्देश्यसहित शैक्षिक कार्यक्रम सञ्चालन गरिएको र प्राविधिक धारका विषयहरु थप गरी रोजगारी सिर्जनामा केन्द्रित रहेर अध्ययन अध्यापन गर्ने योजना रहेको प्रधानाध्यापक पुरीको भनाइ छ ।