इन्भेस्टमेन्ट मेगा बैंकद्वारा क्युआर मर्चेन्टलाई सम्मान

मेचीकाली संवाददाता

२९ बैशाख २०८१, शनिबार
145 shares

बुटवल। नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले फोनपे क्युआर मर्चेन्टलाई सम्मान गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी समृद्धि हेयर सलुन बुटवलका सञ्चालक मोहन ठाकुर र मैनाबगर अटोल्यान्डका सञ्चालक सुदन ज्ञवालिलाई बैंकको क्युआर मार्फत आफ्नो व्यावसायिक संस्थामा कारोबार गरी डिजिटल बैंकिङ प्रणाली प्रबर्द्धनमा योगदान गरेको भन्दै सम्मान गरिएको हो ।

सम्मान ग्रहण गर्दै व्यवसायिद्वय ठाकुर र ज्ञवालिले बिगत लामो समयदेखी नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको ग्राहकको रुपमा कारोबार गर्दा हालसम्म बैंकले प्रदान गर्ने सम्पुर्ण सेवा सुबिधामा सहजता भएको र अहिलेको युग प्रबिधिकै युग भएकोले आगामी दिनमा डिजिटल कारोबारलाई अझै बढाउदै लैजाने बताए । साथै बैंकले सम्मान गरेकोमा खुसि व्यक्त गरे ।

उक्त कार्यक्रममा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका सम्पत्ति, दायित्व एवं मार्केटिङ ब्यबस्थापन प्रमुख जेनु थापा, बैंकका लुम्बिनी प्रदेश प्रमुख रमेश खड्का, डिजिटल बैंकिङ बिभागका प्रमुख बिश्व सिंह, लुम्बिनी प्रदेश उप–प्रमुख ज्ञानेन्द्र पन्त, डिजिटल बैंकिङ बिभागका निरज शुक्ला, सुदर्शनराज तुलाधर र लुम्बिनी प्रदेश अन्तर्गत रहेका विभिन्न शाखाका कर्मचारीहरुको सहभागीता रहेको बैंकका लुम्बिनी प्रदेश मार्केटिङ अफिसर आबिस्कार खनालले जानकारी दिए ।