मदन भण्डारी स्पोर्टस एकेडेमी र पत्रकारबीच मैत्रीपूर्ण फूटबल प्रतियोगिता

मेचीकाली संवाददाता

२९ बैशाख २०८१, शनिबार
496 shares

बुटवल । मदन भण्डारी स्पोर्टर्स एकेडेमीले बुटवलमा गर्न लागेको खुला दौड प्रतियोगिताको पूर्व सन्ध्यामा शनिबार मैत्रीपूर्ण फूटबल प्रतियोगिता सम्पन्न भएको छ ।

मदन भण्डारी स्पोर्टस् एकेडेमी र खेलकूद पत्रकार मञ्च रुपन्देहीबीच खेल प्रतिष्पर्धा भएको हो । प्रतियोगितामा ४÷३ गोल अन्तरले मदन भण्डारी स्पोर्टस् एकेडेमी विजयी भएको एकेडेमीका केन्द्रीय सचिवालय सदस्य विनोद आचार्यले जानकारी दिए ।

प्रतियोगितामा एकेडेमीको तर्फबाट केन्द्रीय अध्यक्ष धु्रव आचार्य र मञ्चको तर्फबाट अध्यक्ष सुमन अधिकारीले क्याप्टेनको भूमिकामा थिए । प्रतियोगिताका बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले उद्घाटन गरेका थिए ।

जननेता मदन भण्डारीको ३१ औं स्मृति दिवसका अवसरमा आउँदो जेठ ३ गते बुटवलमा दौड प्रतियोगिता हुँदैछ । सबैका लागि खेलकुद भन्ने नाराका साथ ऐकेडेमीले दोस्रो मदन भण्डारी कप राष्ट्रिय खुला हाफ म्याराथन प्रतियोगिता गर्न लागेको हो । प्रतियोगिताको पुरस्कार राशि १ लाख रुपैयाँको छ । प्रतियोगितामा दुई हजार धावक सहभागी हुँदैछन ।