नवलपरासी पूर्वको हुप्सेकोटमा पहिरोः एकै परिवारका ३ जना वेपत्ता

मेचीकाली संवाददाता

११ भाद्र २०७८, शुक्रबार
675 shares

बुटवल, भदौ ११ । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नम्बर–४ माथिल्लो चारघरेमा पहिरो आउँदा एकै परिवारका तीन जना बेपत्ता भएका छन् । भने, एक जना गम्भीर घाइते भएका छन् ।

चारघरेका हस्तबहादुर पुलामी घरमा माथिबाट पहिरो खस्दा ५० वर्षीया धनमाया पुलामी र उनका दुई जना नातिनीहरू ७ वर्षिया भूमिसरा र ६ वर्षीया देउमाया बेपत्ता भएको गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले मेचीकालीलाई जानकारी दिइन । पहिरोले घर पुरिएको छ । गएराति देखि यस क्षेत्रमा भारी वर्षा भइरहेको छ ।

घाइते हस्तबहादुरलाई उपचारको लागि सदरमुकाम कावासोती पठाइएको छ । वेपत्ताको खोजी कार्य भइरहेको पाण्डेले जानकारी दिइन । वेपत्ताको खोजीका लागि उद्दारको लागि १२ जना प्रहरी खटिएका छन् ।
ध्चष्तभ