आवर पीसल्याण्डमा अभिभावक शिक्षा

मेचीकाली संवाददाता

३१ बैशाख २०८१, सोमबार
571 shares

बुटवल। नयाँ शैक्षिक सत्र २०८१ सँगै नयाँ योजनाका साथ अगाडि बढेको बुटवल–७, शिवनगरस्थित आवर पीसल्याण्ड एकेडेमीले विद्यार्थीलाई असल र अब्बल बनाउन विद्यार्थी उत्प्रेरणा कक्षा साथै अभिभावक तथा घरको वातावरण पनि उत्तिकै महत्वपूर्ण रहने भएकोले शैक्षिक सत्रको शुरुवातमै नेपालका प्रख्यात उत्प्रेरक डा. तारा जी अभिभावकहरुलाई अभिभावक शिक्षा प्रदान गरेको छ ।

आइतबारका दिन पनि कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरुको पढाइमा सफल बन्नको लागि पूर्व योजना सफलताको साधन, विद्यार्थी जीवनमा अनुशासनको महत्व साथै उमेर अनुसारमा आउने परिवर्तनमा विद्यार्थी कसरी सचेत बन्ने लगायतका विभिन्न महत्वपूर्ण विषयमा प्रशिक्षण दिएका थिए । त्यसैगरी सोमबारका दिन कक्षा ५ देखि कक्षा १० सम्म गरी करीब ४०० जना अभिभावकहरु उपस्थित उक्त कार्यक्रममा बोल्दै प्रशिक्षक डा. तारा जी ले छोराछोरीको उज्जवल भविष्यको लागि विद्यालयमा प्रयोगात्मक पढाई जसरी प्रभावकारी हुने बताए ।

उनले घरमा प्रयोगात्मक संस्कार तथा सिकाइ उत्तिकै महत्वपूर्ण रहने, बालबच्चाको क्षमता चिनेर व्यावहार गर्ने, बालवच्चालाई अरुसँग तुलना नगर्ने , अति व्यस्तताका बाबजुद पनि थोरै समय छोराछोरीसँग बिताउने, अभिभावकहरु आवश्यकता अनुरुप आफ्नो निर्णयमा अडिग रहने छोराछोरीका हरेक क्रियाकलापमा निगरानी राख्दै आफ्नो वास्तविक जीवनसँग जोडेर एउटी आमाको भूमिका छोराछोरीको लागि निकै महत्वपूर्ण रहने जस्ता अन्य विविध निकै नै महत्वपूर्ण विषयहरुमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा अभिभावक इन्द्रलाल बमरेल तथा सीता कार्कीले यस कार्यक्रम हामी अभिभावकको लागि निकै महत्वपूर्ण रहेको र आगामी दिनमा आफ्ना गतिविधिहरुमा परिवर्तन गराउने कुरा समेत राखेका थिए । बुटवलमा आफ्नो छुट्टै पहिचान राख्न सफल विद्यालयले देखासिकी नगर्ने र आवश्यक तामा कहिल्यै पछि नपरी पछिल्लो समयमा अभिभावकको रोजाइमा पर्न सफल रहँदा छोटो समयमै पृथक पहिचान राख्न सफल भएको कुरा अध्यक्ष कुनालनन्द पाण्डे बताए । यस्ता कार्यक्रमले अभिभावक तथा विद्यार्थीको सफलतामा थप उर्जा दिने प्राचार्य भण्डारीले बताइन् । कार्यक्रम शैक्षिक संयोजक रोमन्च पुनको स्वागत, प्राचार्य गंगा भण्डारीको सञ्चालन तथा व्यावस्थापन समितिका अध्यक्ष कुलानन्द पाण्डेको सभापतित्वमा सम्पन्न भएको थियो ।