रेप्सा रुपन्देहीको आयोजनामा विभिन्न प्रतियोगिता

मेचीकाली संवाददाता

५ जेष्ठ २०८१, शनिबार
221 shares


तुलसीराम पौडेल —
रुपन्देही ,जेष्ठ ५
रुपन्देही स्थित राइजिङ्ग अङ्ग्रेजी निजी विद्यालय संगठन ( रेप्सा)को आयोजनामा शुक्रबार युनाइटेड इङलिस बोर्डिङ स्कुलमा विभिन्न प्रतियोगिताहरु सम्पन्न भएका थिए ।सम्पन्न मावी तहको हाजिरी जवाफ प्रतियोगितामा संस्कार इङलिस बोर्डिङ स्कुल प्रथम ,युनाइटेड इङलिस बोर्डिङ स्कुल दोस्रो हुन सफल भएका छन् ।त्यसै गरि फर्साटिकर सिद्दार्थ इङलिस बोर्डिङ स्कुल तेस्रो र रोजवड एकेडेमी सान्त्वना भएका छन् ।सम्पन्न आधार भुत तहको नेपाली पत्रलेखन प्रतियोगितामा युनाइटेड इङलिस बोर्डिङ स्कुल प्रथम र शुद्दोधन इङलिस बोर्डिङ स्कुल दोस्रो भएका छन् ।त्यसै गरि सन्तज्योती इङलिस बोर्डिङ स्कुल तेस्रो र भुजौली इङलिस बोर्डिङ स्कुल सान्त्वना भएका छन् । प्रावी तहमा सम्पन्न गणितीय दौडमा गणेश ज्ञान् ज्योति पब्लिक इङलिस स्कुल प्रथम ,भुजौली इङलिस स्कुल दोस्रो ,शुद्दोधन इङलिस बोर्डिङ स्कुल तेस्रो र फर्साटिकर सिद्दार्थ इङलिस स्कुल सान्त्वना भएका छन् ।
रेप्सा कार्यक्रम प्याब्सन लुम्बिनी प्रदेश अध्यक्ष लालहरी पाण्डेले उदघाटन गर्नुभएको थियोे ।सो अवसरमा बोल्दै उहाँले देशको शैक्षिक विकासमा निजि शैक्षिक संस्थाले महत्त्वपूर्ण भुमिका खेलेको बताउनु भयो ।

रेप्सा रुपन्देहीका अध्यक्ष लोक शर्मा बस्यालको अध्यक्षता, लुम्बिनी प्रदेश प्याब्सन अध्यक्ष लालहरी पाण्डेको प्रमुख आतिथ्यता, रुपन्देही प्याब्सन उपाध्यक्ष कुलराज शर्माको विशिस्ट आतिथ्यता, कार्यक्रम संयोजक एवं रेप्सा उपाध्यक्ष रामकृष्ण खनालको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम संचालन रेप्सा सचीव कृष्ण गौतमले गर्नुभएको थियोे ।