दिप एजुकेशनद्धारा कोरियन भाषा परिक्षा पास गर्ने ११९ बिद्यार्थीलाई सम्मान

मेचीकाली संवाददाता

८ जेष्ठ २०८१, मंगलवार
1235 shares

बुटवल । दिप एजुकेशन बुटवलले कोरियन भाषा परिक्षा पास गर्ने ११९ जना बिद्यार्थीलाई सम्मान गरेको छ । स्थापना कालको छोटो समयमै दिप एजुकेशनले यो बर्ष १६१ बिद्यार्थी मध्ये ११९ जनालाई पास गराउन सकेको दिप एजुकेशनमा प्रमुख दिपक लम्सालले बताए ।

बिद्यार्थीहरुको मेहनत र शिक्षकहरुको गुणस्तरिय भाषा शिक्षणबाट बिगतका बर्षमा भन्दा यो बर्ष धेरै बिद्यार्थी पास गराउन सफल भएको उनले दाबि गरे । बिगतका बर्षहरुमा काठमाडौंमा मात्र धेरै बिद्यार्थीहरु पास हुन्छन् भन्ने सन्देशलाई दिप एजुकेशनले अन्त्य गरिदिएको उनले दावि गरे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कोरियन भाषा प्रशिक्षक दिनेश ज्ञावालीले दिप एजुकेशनले बिगतमा बर्ष जस्तै यो बर्ष पनि सत प्रतिशत नतिजा ल्याई देशको पहिलो एजुकेशनको रुपमा स्थापित भएको बताए । कार्यक्रममा प्रशिक्षक सन्दीप भण्डारी, रामचन्द्र पाण्डे, सन्दीप सापकोटा, लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम दिप एजुकेशनका सन्चालक दिपक लम्सालको अध्यक्षता तथा जिडी शिखरको सन्चालनमा सम्पन्न भएको थियो ।