मदैया स्पोर्ट्स क्लबद्वारा रक्तदान कार्यक्रम सम्पन्न

मेचीकाली संवाददाता

११ जेष्ठ २०८१, शुक्रबार
167 shares

बुटवल । बुटवल १५ सेमलारस्थित मदैया स्पोर्ट्स क्लबले शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । क्लबका उपाध्यक्ष विनोद पौडेलको संयोजकत्वमा आयोजना गरिएको कार्यक्रममा रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा ६१ युनिट रगत सङ्कलन भएको छ ।

क्लबका अध्यक्ष ईश्वर पौडेल रगतको अभावले कसैको ज्यान नजाओस भनेर रक्तदान कार्यक्रम गरिएको बताए । क्लबका सचिव रोहित पौडेल रक्तदान कार्यक्रम सम्पन्न गर्नका निमित्त स्थानीय क्लब आमा समूह टोल विकास संस्था र सेमिनार व्यापार सङ्घ समाजसेवी बुद्धिजीवी एवं अग्रज व्यक्तित्वहरूको साथ रहेको बताए ।

क्लबले रक्तदान कार्यक्रमलाई प्रत्येक ३÷३ महिनामा मासिक तरिकाले कार्यक्रम नियमित रुपमा सञ्चालन गर्ने प्रण गरेको छ । स्थानीय ग्रामीण क्षेत्रका जनताहरूलाई रगतको अभाव हुन नदिनका लागि खेलकुद सँगसँगै रचनात्मक कार्यक्रम पनि क्लबले सञ्चालन गर्दै आएको छ ।