तिमी र म सच्चिनुको बिकल्प छैन

मेचीकाली संवाददाता

१५ जेष्ठ २०८१, मंगलवार
632 shares

सीमा बन

रक्सी उही बोतल फेरियो

कथा उही पात्र फेरीयो

आरोप प्रत्यारोप भेडा जुधाई

समुन्नत नेपालको जात्रा हेरियो

जात्रै जात्रामा बर्ष बिते

यही त होला गणतन्त्र भनेको !

बिरालोलाई दुधको मालिक

क्यारी बन्न्छ खिर

खिर भनेर खिचडी कला देखियो

गाउंछु गीत भन्नेको गला देखियो

आश्वासन र भाशण ठुला

गुमराहमा उनै जनता

यही त होला गणतन्त्र भनेको !

तैं चुप मै चुप मिलीजुली खाम

सानो भयो बिलो अनि उजुर गर्न जाम

निती बिधी कार्यविधी सबै लेखियो

सम्झौता र सहमती सबै देखियो

आफ्नो दुनो सोजाउनलाई

कति रस्सा कस्सी

कतै पिउने पानी छैन

तिमलाई सधै लस्सी

यही त होला गणतन्त्र भनेको !

महंगीले आकास छोयो

बांजोपनले धर्ती रोयो

कृषिमा क्रान्ति धेरै सुनियो

नेपाललाई स्विजरल्याण्ड राम्रै देखियो

बोलिमा भर छैन, न्यायलयको डर छैन

तिमलाई जे गरेनि छुट

तिमलाई जे बोलेनी छुट

सानालाई ऐन ठुलालाई चैन

यही त होला गणतन्त्र भनेको !

भ्रष्टचारलाई निर्मुल पार्छम

सुशासनलाई कायम राख्छम

पर्दैन युवा विदेशिन

पर्दैन आमा एक्लै रुन

हामी छम अव भन्नेहरु

भोटका लागि परिवार संख्या गन्नेहरु

गोटीचालमा व्यस्त देखियो

आफै आफै रोईलो अनि मस्त देखियो

शालिक फेरीए मालिक फेरीएनन

यही त होला गणतन्त्र भनेको !

हुंदाखानेले हुनेखाने बनाए

सजिलै छाक टार्ने सपना सजाए

कतै डाईट प्लान कतै छाक टार्ने प्लान

कतै वेवी सावर

कतै बाटोमै अन्तिम आवर

मर्ने र मारीनेको छैन कतै सुर्ता

कोही छैन निमुखाको उही मालिकको विर्ता

रुप फेरेका साहु महाजन

उनकै गित गाउनुपर्ने, उनकै पछि धाउनु पर्ने

यही त होला गणतन्त्र भनेको !

दैनिक करीव चार हजार विदेशिन्छन

दैनिक पांच सयले एन ओ सी लिन्छन

खाडि मुलुकले सस्तो श्रममा रेमिट्यान्स दिन्छन

समृद्द मुलुकले ज्ञान सिप लिन्छन

अरबौं बिदेशिन्छ शिक्षाको नाममा

फर्काउने पोलिसी छैन हाम्रो ठाममा

तन्त्र फेरियो मन्त्र फेरिएन

सुनौला अक्षरले नेपालको नाम कहिले लेखिएन

यही त होला गणतन्त्र भनेको !

देशलाई जंगल अनि

कानुनलाई बनमारा बनायौ

अब अति भो सच्चीनु पर्छ तिमी

जोगाउन पुर्खाको आर्जन

सांच्चै अब सच्चीनु पर्छ तिमी

बचाउन बिधीको साशन

म पनि त सच्चिनु पर्छ

तिमी र म सच्चिनुको बिकल्प छैन

देखाउन गणतन्त्रको रुप

सांच्चै सच्चीनु पर्छ तिमी

अनि सच्चीनुपर्छ म !!