स्वर्गद्वारीमा पौडेल वंश महासंघको बैठक सम्पन्न

मेचीकाली संवाददाता

१६ जेष्ठ २०८१, बुधबार
485 shares

प्युठान । आस्था र अध्यात्मको केन्द्रको रुपमा रहेको स्वर्गद्वारी आश्रममा पौडेल वंश महासंघ, नेपाल लुम्बिनी प्रदेशको प्रथम बैठक सम्पन्न भएको छ । जेठ १४ र १५ मा सम्पन्न बैठकको अध्यक्षता टेकराज पौडेलले गर्नुभएको थियो ।
केन्द्रिय उपाध्यक्ष शालिग्राम पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा केन्द्रिय कोषाध्यक्ष युबराज पौडेल, केन्द्रिय सदस्यहरु लिला कुमारी पौडेल र रामचन्द्र पौडेलको बिशेष उपस्थिति रहेको थियो । प्रदेशका १२ जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश पदाधिकारी , सदस्यहरु र जिल्ला अध्यक्षहरु गरी २९ जनाको उपस्थितिमा सम्पन्न बैठकले १४ वटा एजेण्डाहरुमा छलफल भै निर्णय भएका थिए ।

बैठकले रुकुम जिल्लाबाट जित कुमार केसि पौडेललाई प्रदेश समितिमा मनोनयन गर्ने निर्णय गरेको छ ।
यसै गरी बैठकले उपाध्यक्ष जयस्वर पौडेलको सम्योजत्वमा ९ सदस्यिय वंशावली सन्कलन उपसमिति निर्माण गरेको छ । आगामी भदौ दोश्रो हप्ताबाट प्रदेशको सबै पालिकाबाट एकै चोटि वंशावली सन्कलन अभियान शुरु गर्ने गरि कार्ययोजना अघि बढाउने निर्णय भएको छ ।
सचिब भरतमणि पौडेलको सम्योजकत्वमा ९ सदस्यीय सङ्गठन समन्वय उपसमिति , कोषाध्यक्ष बाबुराम पौडेलको सम्योजकत्वमा ९ सदस्यीय आर्थिक उपसमिति, अर्घाखाचिका प्रदेश सदस्य फर्सुराम पौडेलको सम्योजकत्वमा ९ सदस्यीय पुजा बिधि सन्कलन समिति , प्युठानका प्रदेश सदस्य नोमराज पौडेलको सम्योजत्वमा सन्चार तथा मिडिया परिचालन उपसमिति बनाउने निर्णय भएको छ ।

बैठकले पदाधिकारी सहित प्युठानका नोमराज पौडेल र नवलपरासीका रामचन्द्र पौडेललाई थप गरी ७ सदस्यीय सचिबालय गठन गरेको छ ।
बैठकले प्रदेश सदस्यलाई जिल्लाको सम्योजन गर्ने गरि बर्दियाको लागि सम्योजक दधिराम पौडेल बाके भिम प्रसाद पौडेल रुकुम र रोल्पा जित प्रकाश पौडेल प्युठान नोमराज पौडेल कपिलवस्तु जिबलाल पौडेल , अर्घाखाँची फर्सुराम पौडेल गुल्मि कृष्ण प्रसाद पौडेल, र नवलपरासिमा रामचन्द्र पौडेललाई तोकिएको छ । पाल्पा रुपन्देहि र दाङ्गलाई अर्को बैठकद्वारा तोकिने भएको छ ।

यसै गरी एक कार्याक्रमको बिच स्वर्गद्वारी आश्रमका निमित्त स्वामिमहाराज गुरुले पौडेल वंश महासंघको बारे सम्बोधन गर्दै भन्नु भयो “पौडेल वंश महासंघ नेपालले स्वर्गद्वारी मन्दिर आश्रम परिषरमा बैठकको आयोजना गरेर निकै ठुलो काम गरेको बताउनु भएको थियो ।यसले धर्म र संस्कृती जोड्ने काम गर्यो ।’ आध्यात्म, धर्म, संस्कृती लाई बचाउन, अघि बढाउन स्वर्गद्वारी आश्रमले खेलेको भुमिकाको प्रशन्सा गर्दै महासंघ अध्यक्ष टेकराज पौडेलले आश्रमका निमित्त गुरु स्वामिलाई एक प्रशन्सा पत्रद्वारा सम्मान गर्नु भएको थियो । बैठकका प्रमुख अतिथि तथा केन्द्रिय उपाध्यक्ष शालीग्राम पौडेलले बैशाख १४ र १५ मा कपिलवस्तुको शिबराज ३ खरेन्द्रपुरमा सम्पन्न दोश्रो अधिबेशनबाट निर्वाचित १७ सदस्यीय समितिलाई निर्वाचित प्रमाण पत्र हस्तान्तरण गर्नु भएको थियो ।

बैठकले कपिलवस्तुको चन्द्रौटामा लुम्बिनी प्रदेश कार्यालय खोल्ने निर्णय गरेको छ ।
यसै गरी आगामी श्रावण महिनामा धार्मिक र पर्याबरणको बहुआयामिक पक्षलाई ध्यान दिदै १०८ पिपल बिरुवा लगाउने र त्यसको सम्रक्षण गर्ने योजना बनाएको छ ।बैठकले गत बैशाख १४/१५ मा दोश्रो प्रदेश अधिबेशन सम्पन्न गर्न कपिलवस्तु जिल्लाले गरेको योगदानलाइ उच्च मुल्यांकन गर्दै सम्बद्ध सबै पक्षलाई धन्यबाद ज्ञापन गरेको छ ।

बैठकको अन्त्यमा केन्द्रिय कोषाध्यक्ष युबराज पौडेल ले प्रदेश समितिले बैठक राख्न गरेको स्थान छनौट देखि बैठकमा ल्याएका प्रस्ताबहरुले आफुलाई यो समितिले लुम्बिनी प्रदेशमा पौडेल वंश महासंघलाई माथि उठाउने बिस्वास ब्यक्त गर्नु भएको थियो ।केन्द्रिय सदस्य लिला कुमारी पौडेलले प्रदेश समितिले धार्मिक पर्यटकिय क्षेत्रबाट बैठकको शुरुवात गरेर नंया सन्देश प्रबाह गरेको बताउनु भयो ।

त्यसै गरी अर्का केन्द्रिय सदस्य तथा प्युठान जिल्लाका अध्यक्ष रामचन्द्र पौडेलले स्वर्गद्वारी प्युठानमा बैठकको आयोजना गर्ने अवसर प्रदान गर्नु भएकोमा सबै सहभागीहरुलाई स्वागत र प्रदेश समिति धन्यबादको पात्र भएको बताउनु भएको थियो ।बैठकको समापन गर्दै अध्यक्ष टेकराज पौडेलले प्रदेशका बाकि पालिकाहरुमा आगामि आषाढ महिना भित्र समिति गरिसक्नु पर्ने निर्णय भएको जानकारी दिदै बैठक समापन भएको घोषणा गर्नु भएको थियो ।