पब्लिक माविमा पुर्व विद्यार्थी समाजद्वारा पोशाक वितरण

मेचीकाली संवाददाता

१८ जेष्ठ २०८१, शुक्रबार
247 shares

तुलसीराम पौडेल 

रुपन्देही ,जेष्ठ १८ 

रुपन्देहीको सियारी गाउँपालिका -४ स्थित पब्लिक नमूना माध्यमिक विद्यालयका ६४ जना गरिब तथा जेहेन्दार छात्र छात्राहरुलाई  पब्लिक मावी पुर्व विद्यार्थी समाजद्वारा एक कार्यक्रमका बीच  विद्यालय पोशाक वितरण गरिएको छ। 

पब्लिक मावी पुर्व विद्यार्थी समाजका उपाध्यक्ष केशवराज सापकोटा साथै उहाँका दाजुभाइहरु खेमराज सापकोटा ,मेघनाथ सापकोटा र कृष्ण सापकोटाले आफ्ना बुबा कुलराज र माता मनमायाको स्मृतिमा संकल्प गरि एक लाख पाँच हजार सात सय दस रुपैयाँ बराबरको विद्यालय पोशाक वितरण गरिएको पब्लिक मावी पुर्व विद्यार्थी समाजका महासचिव इन्द्र प्रसाद तिवारीले जानकारी दिनुभयो ।

पब्लिक मावि पुर्व विद्यार्थी समाजले यो कार्यक्रम भन्दा अगाडि  बस खरिद गरि विद्यालयलाई हस्तान्तरण गर्नुको साथै छात्रवृत्तिको लागि अक्षयकोषको स्थापना गरेको थियोे । पब्लिक नमुना माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षता, पब्लिक मावी पुर्व विद्यार्थी समाजका महासचिव इन्द्रप्रसाद तिवारीको संचालन तथा अतिरिक्त क्रीयाकलाप संयोजक कृष्ण सापकोटाको स्वागतमा कार्यक्रम सम्पन्न भएको हो।