शुद्दोधनमा ५०% अनुदानमा कृषि उपकरण बितरण

मेचीकाली संवाददाता

२१ जेष्ठ २०८१, सोमबार
255 shares

 

तुलसीराम पौडेल —

रुपन्देही ,जेष्ठ २१ 

रुपन्देहीको शुद्दोधन गाउँपालिका वडा नम्बर -१ परौता भाटा स्थित मायादेवी धान पकेट संचालन समन्वय समितिको आयोजना र  गाउँपालिकाको ५०% अनुदानमा कृषकहरुलाई  कृषि उपकरण तथा सामाग्री वितरण गरिएको छ। शुद्दोधन गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्यालले एक कार्यक्रमका बिच कृषि उपकरण तथा सामाग्री वितरण गर्नुभएको हो । कृषि उपकरण तथा सामाग्री अन्तरगत पाच हर्ष पावरको तीन थान पम्पसेट ,दुई हर्ष पावरको तीन थान मोटर ,१५ वटा स्प्रे टंकी ,३८० केजि डेलिभरी पाइप ,रिपर एक थान ,२००kg का दुइटा काटा , झार नासक विषादी ,जिन्क ,किटनासक विषादी ,वोरिङ्ग जडान ४ वटा लगायतका कृषि सामाग्री तथा उपकरणहरु वितरण गरिएको थियोे ।

कृषि उपकरण तथा सामाग्रीहरुमा गाउँपालिकाको लागत ४ लाख ९२ हजार ८सय २५ रुपैयाँ रहेकोे थियोे भने समुहको लागत ५ लाख २ हजार आठ सय २५ रुपैयाँ रहेकोे थियोे ।

कार्यक्रममा कृषि शाखा प्रमुख रमेश रेग्मीले कार्यक्रमको उदेश्य माथि प्रकाश पार्नुभएको थियो ।

दिलिप कुमार यादवको अध्यक्षता ,शुद्दोधन गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्यालको प्रमुख आतिथ्यता, आर्थिक संयोजक तथा वाड नम्बर -२ का अध्यक्ष कमल खड्काको विशिस्ट आतिथ्यता, पशु शाखा प्रमुख भुवनेश्वर खनालको आतिथ्यता रहेको कार्यक्रमको संचालन जङ्ग बहादुर यादवले गरेका थिए ।