सीजी मोटर्सद्वारा नेपाली क्रिकेट टिमलाई शुभकामना तथा ¥याली

मेचीकाली संवाददाता

२२ जेष्ठ २०८१, मंगलवार
193 shares

बुटवल । सीजी मोटर्स (हिरो ब्राण्डको आधिकारीक डिस्ट्रीव्युटर)ले आईसीसी टी–२० विश्वकपमा भाग लिइरहेको नेपाली क्रिकेट टिमलाई शुभकामना दिदै ¥यालीको आयोजना गरेको छ । नेपाल र नेपालीको सानलाई आईसीसी टी–२० विश्वकप क्रिकेट मार्फत विश्वभरी चिनाउने नेपालका गौरव नेपाली क्रिकेट खेलाडीको हौसला बढाउनका लागि सीजी मोटर्सले ¥यालीको आयोजना गरेको हो ।

‘शुभकामना र्याली’ले खेलकुदमार्फत नेपाल र नेपालीहरुको सानलाई विश्वभरी पुर्याउन नेपाली क्रिकेट खेलाडीलाई आईसीसी टी–२० विश्वकप खेल मैदानमा उच्च मनोबलका साथ खेल्ने हौसला प्रदान गराउने उद्देश्य रहेको छ । आईसीसी टी–२० विश्वकपलाई हौसला दिन शुभकामना र्याली काठमाडौं, बुटवल लगायत देशका अन्य स्थानहरुमा पनि सम्पन्न गरिएको छ । नेपालभर हिरो ब्राण्डका सेल्स, सर्भिस तथा स्पेयर पार्टस नेटवर्क रहेका स्थानहरुमा पनि शुभकामना र्यालीको सम्पन्न भएको छ ।

सो र्यालीमा सयौँ राइडरहरु सहभागी भएका थिए । र्यालीमा सहभागी सबै मोटरसाइकल तथा स्कुटरहरु हिरो ब्राण्डका रहेका थिए । सिजि मोटर्सको आधिकारिक बिक्रेता हिमालयन अटो ट्रेडिङ प्रा. लि. हिरो ब्राण्डको बुटवल राजमार्ग चौराहमा रहेको सोरुमबाट सुरु भएको र्याली बुटवल बसपार्क, योगिकुटि, ड्राइभरटोल, कालिकापथ हुँदै देविनगर, अमरपथ हुँदै गोलपार्क, भाटभटेनि हुँदै पुन शोरुममा पुगेर समापन भएको एरिया सेल्स म्यानेजर नेत्र कुँवरले जानकारी दिए । खेलकुदमार्फत् नेपाल र नेपालीको गौरव र सानलाई विश्वभरी चिनाउने खेलाडीको मेहनतलाई सबैले उच्च मूल्यांकन गर्दै उनिहरुको मेहनतको कदर गर्न आह्वानसमेत गरेका थिए ।

हिरो मोटरसाइकल तथा स्कुटर उत्पादन गर्ने विश्वकै सबैभन्दा ठूलो कम्पनी हो । साथै यसले नवलपरासीको सिजी इन्डस्ट्रियल पार्कमा प्रतिवर्ष ७५ हजार युनिट मोटरसाइकल एसेम्बल गर्नसक्ने क्षमताको अत्याधुनिक प्लान्टको उद्घाटन समेत गरिसकेको छ । हिरोका मोटरसाइकल तथा स्कुटरहरू अहिले नेपाली भूमिमै एसेम्बल भईरहेका छन् ।

नेपालमा सबैभन्दा बढी बिक्रि हुने मोटरसाइकल ब्राण्ड मध्येको एक हिरोले नयाँ बेन्चमार्कहरू समेत कायम गर्दै आएको छ । सिजी मोटर्सले हाल नेपालका विभिन्न स्थानहरूमा ५० भन्दा बढी हिरो शोरुमको नेटवर्क सञ्चालन गरिरहेको छ । जहाँ एक्सपल्स, सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस, तथा जूम विक्री हुँदै आइरहेका छन् । साथै, सिजी मोटर्स निकट भविष्यमा थप शोरुम खोल्ने प्रक्रियामा रहेको छ । यसबाहेक, सिजी मोटर्सले बढ्दो ग्राहकहरूको संख्यालाई ध्यानमा राख्दै नेपालभर सेल्स, सर्भिस तथा स्पेयर पार्टस नेटवर्कलाई द्रुत रूपमा विस्तार गरिरहेको छ ।