लायन्स क्लब अफ बुटवल क्षितिजको अध्यक्षमा आबिस्कार खनाल

मेचीकाली संवाददाता

२३ जेष्ठ २०८१, बुधबार
283 shares

बुटवल । लायन्स क्लब अफ बुटवल क्षितिज वर्ष २०२४/२५ का लागी क्लबको नबौँ अध्यक्षको रुपमा आबिस्कार खनाल निर्वाचित भएका छन् ।

लायन्स क्लब अफ बुटवल क्षितिज वर्ष ०२३/२४ का अध्यक्ष लायन धुर्ब कुमार शर्माको अध्यक्षता सम्पन्न क्लबको साधारण सभा एवं नबौँ अधिबेशनबाट आगामी लायन वर्ष २४/२५ का लागि खनालको नेतृत्वमा सर्बसम्मत नेतृत्व चयन भएको क्लबका पुर्ब अध्यक्ष एवं निर्वाचन आयुक्त नारायण थापाले जानकारी दिए ।

त्यस्तै प्रथम उपाध्यक्षमा श्री खरेल, द्वितीय उपाध्यक्षमा उदय खत्री, तृतीय उपाध्यक्षमा गुप्त पुन निर्वाचित भएका छन् । त्यसैगरि क्लबको सचीवमा प्रदिप गुप्ता, कोषाध्यक्षमा गोपाल रेग्मी, क्लब निर्देशकमा इन्द्रप्रसाद भट्टराई र दिपक सापकोटा मनोनीत भएका छन् भने मनोनीत गर्न बाकी निर्देशकका पदहरुलाई क्लबको आगामी बैठकमा पूर्णता दिने बताइएको छ ।

अध्यक्षमा निर्वाचित भएसँगै खनालले लायन्स क्लब अफ बुटवल क्षितिजको गरिमालाइ कायम राख्दै लायन्सको मर्म र भावना अनुसार वर्ष २४/२५ मा सामाजिक गतिविधिहरुलाइ अगाडि बढाउने बताए ।

साधारण सभा एवं अधिबेशनमा क्लबका सस्थापक अध्यक्ष राजिव श्रेष्ठ, पुर्ब अध्यक्षहरु मिलन कुमार पुन, फवन लाकौल, नारायण थापा, शंकर पाण्डे, लोकेन्द्र लिम्बु लगायतले आआफ्नो भनाइ राखेका थिए । कार्यक्रमको सञ्चालन वर्ष २३/२४ का सचीव गुप्त पुनले गरेका थिए ।