जनकल्याण सहकारीद्वारा सहकारी शिक्षा तालिम सम्पन्न

मेचीकाली संवाददाता

२७ जेष्ठ २०८१, आईतवार
477 shares

बुटवल । जनकल्याण बचत तथा क्रण सहकारी संस्था लिमिटेडले नयाँगाउँ सेवा केन्द्रको स्थापना दिवसको अवसरमा सहकारी शिक्षा तालिम सम्पन्न गरेको छ ।

कार्यक्रममा बोल्दै संस्थाका संस्थापक अध्यक्ष भीम तुलाचनले गलत मनसायले बाहिरबाट आएर खोलिएका सहकारी संस्था डुब्दै गएको बताए । एउटा सहकारीले गलत गर्दा सयौँ सहकारीलाई असर पर्ने भएकाले गतल काम गर्ने सहकारीहरुको दर्ता राज्यले खारेज गर्नुपर्ने बताए । बढी ब्याज पाउने लोभमा सहकारीको बारेमा नबुझी पैसा जम्मा नगर्न उनले आग्रह गरे । सहकारीहरुले उत्पादनमूलक क्षेत्रमा लगानी गरी आर्थिक समृद्धिसँग जोडिनुपर्नेमा जोड दिँदै उनले विदेश पलायन हुन लागेका युवाहरुलाई सहुलियतमा ऋण प्रदान गरी स्वदेशमै रोजगारीको वातावरण सिर्जना गर्नुपर्ने बताए ।

संस्थाका अध्यक्ष सुरज भट्टराईले संस्थामा जोडिएका सेयर सदस्यहरुको क्षमता विकाससँगै सहकारिको बारेमा जानकारी दिने उद्देश्यले तालिम आयोजना गरिएको बताए । जनकल्याण सहकारीले स्थापनाको छोटो समयमा विभिन्न ठाउँमा शाखा बिस्तार गरी सेवा दिँदै आएको उनले बताए । समाजमा छरिएर रहेको स–सानो पुँजीलाई संकलन गरी सदस्यहरुबिच विभिन्न वित्तीय पहुँच पु¥याएर स्वरोजगारको अवस्था सिर्जना गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताए ।

बुटवलमा मुख्य कार्यालय रहेको सहकारीले नयाँगाउँ, तिलोत्तमामा सवा केन्द्र सञ्चालनमा ल्याई सेवा प्रदान गर्दै आएको छ । आगामी चार वर्षमा ५ हजार एक सय शेयर सदस्य र ७५ करोडको कारोबार गर्ने लक्ष्य सहकारीले लिएको छ ।

कार्यक्रममा सडक दुर्घटनामा परी मृत्यु भएका सहकारिमा सेयर सदस्य स्व. राजकुमार थापाका परिवारलाई नगद दुई लाख र बे्रन टुमर रोग लागेका सदस्य कमलकिशोर बेलबासेलाई नगद २५ हजार प्रदान गरिएको थियो । कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका शाखा प्रबन्धक नारायण बेलबासे र कार्यालय प्रमुख रबि ज्ञावालीले सहजीकरण गरेका थिए । कार्यक्रम संस्थाका सचिव यादव भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।