नमस्ते नेपालद्धारा वसन्तरपुरमा वृक्षरोपण

मेचीकाली संवाददाता

२८ जेष्ठ २०८१, सोमबार
597 shares

बुटवल । नमस्ते नेपालले पाल्पाको वसन्तपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । नमस्ते नेपालले ६ वर्षअघि जेठ २७ गते संस्थापक अध्यक्ष अर्जुन खरेलको जन्मदिनको अवसर पारेर वृक्षरोपण अभियान सुरु गरेको थियो । त्यसपछि संस्थाले हरेक वर्ष वृक्षरोपण कार्यक्रम सञ्चालन गर्दै आएको छ । उक्त अवसरमा विभिन्न प्रजातिका ५१ वटा बिरुवा रोपिएको थियो ।

वृक्षरोपण कार्यक्रममा बोल्दै संस्थाका सल्लाहकार एवं सामुदायिक वन समन्वय समिति, तिनाउ पाल्पाका अध्यक्ष दलबहादुर गुरुङले नमस्ते नेपालले हरियाली प्रवर्द्धनका लागि चालेको कदम वन, वातावरण र जैविक विविधता संरक्षणमा कोसेढुङ्गो सावित हुने बताए । युवाहरुको हरित क्रान्ति अभियानले कुनैदिन सफलता प्राप्त गर्ने बताउँदै यो अभियानलाई निरन्तर अगाडी बढाउन आग्रह गरे ।

कार्यक्रममा युवा नेता विकास बस्नेत, ईश्वर न्यौपाने, लुम्बिनी केवलकारका प्रशासन प्रमुख नवराज अधिकारी, नमस्ते नेपालका संस्थापक अध्यक्ष अर्जुन खरेल, अध्यक्ष मनीष भुसाल लगायतले बाोल्दै आफु बाँच्न र अरुलाई बचाउनको लागि हरेक मानिसले कुनै न कुनै बोट विरुवा रोप्न आवश्यक रहेको बताउदै वृक्षरोपण अभियान सफल बनाउन यो अभियानमा जोडिएर हातेमालो गर्दै अघि बढ्न आग्रह गरे ।

वातावरण स्वच्छ रहे हामी रहन्छौँ र हामी स्वच्छ रहेमात्र हाम्रो भविष्य पनि सुनिश्चित हुने बताउँदै हरेक व्यक्तिले वातावरण संरक्षणप्रति चासो राख्नुपर्नेमा जोड दिए । वि.सं २०६८ सालमा बाल क्लवको रुपमा स्थापना भएको नमस्ते नेपालले विभिन्न रचनात्मक काम गर्दै आएको छ ।