वालिङ महोत्सवमा ८५ लाख ५४ हजार आम्दानी

मेचीकाली संवाददाता

३१ जेष्ठ २०८१, बिहीबार
337 shares

मुक्ति न्यौपाने

वालिङ । वालिङ उद्योग वाणिज्य संघले आठौं महोत्सवको आय व्यय सार्वजनिक गरेको छ । माघ १८ देखि २८ सम्म वालिङ खेलमैदानमा आयोजित आठौं वालिङ महोत्सव २०८० को आज बुधबार पत्रकार सम्मेलन मार्फत ढिलै भएपनि आय व्यय सार्वजनिक गरेको छ ।

वालिङ महोत्सवमा कूल ८५ लाख ५४ हजार ४४१ रुपैयाँ ६० पैसा आम्दानी भएको वालिङ उद्योग वाणिज्य संघका कोषाध्यक्ष खगुपति न्यौपानेले बताए ।
महोत्सवमा ६४ लाख ४४ हजार ४२१ रुपैयाँ ३४ पैसा खर्च भएको न्यौपानेले बताए ।

महोत्सवबाट २१ लाख १० हजार २० रुपैयाँ २६ पैसा बचत गर्न सफल भएको कोषाध्यक्ष न्यौपानेले बताए । १० लाख ३३ हजार ७२८ रुपैयाँ ९० पैसा आयकरमा राजस्व बुझाएको बताउदै बाकी ३ लाख असार मसान्तसम्म भुक्तान गरिने उनले जानकारी दिए ।

कार्यक्रममा उवासंघका अध्यक्ष चेतनारायण श्रेष्ठले जिल्लाका मेला महोत्सवमा आठौं वालिङ महोत्सवले सबैभन्दा धेरै र पारदर्शीरुपमा समयमा आयकर भुक्तानी गर्न सफल भएको दाबी गरे । अध्यक्षले भने आठौं महोत्वसलाई गण्डकी प्रदेशमै उत्कृष्ट महोत्सवकोरुपमा सम्पन्न गर्न सफल भएको उल्लेख गरे ।

यसैगरी संघका बरिष्ठ उपाध्यक्ष अनुपमा ढुङ्गाना तिवारीले वालिङ सम्पूणको सहयोगले आठौं महोत्सव ऐतिहासिकरुपमा भएको बताइन ।

संघका सञ्चालक समिति तथा बिभिन्न उप समिति, सहयोगी संघ संस्था, व्यापारी, समाजसेवी, दर्शक महानुभावहरु एवम् सञ्चारकर्मी र सुरक्षा निकायलगायतको सकारात्मक सहयोगले महोत्सव भव्य र ऐतिहासिकरुपमा सफल तिवारीले बताइन ।