रुखबाट लडेर गम्भिर घाइते भएका बिमलको उपचारमा आर्थिक समस्या, सहयोगका लागि अपिल

मेचीकाली संवाददाता

३१ जेष्ठ २०८१, बिहीबार
801 shares

बुटवल । रुखबाट लडेर गम्भिर घाइते भएका स्याङ्जाको बिरुवा गाउँपालिका–५ का १९ वर्षिय बिमल शर्माको उपचारमा आर्थिक समस्या भएको छ ।

गत जेठ ८ गते घाँस काट्ने क्रममा रुखबाट लडेका बिमलको मेरुदण्डमा चोट लागेका कारण डाढभन्दा तलका अंगहरु नचल्ने भएका छन् । उनको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं रिफर गरीएको थियो । हाल उनको स्पाइनल इनजरी पुनः स्थापना केन्द्र काभ्रेमा उपचार भइरहेको छ ।

बिमलको अवस्था नाजुक बन्दै गएपछि उनका बुबाआमा अहिले उपचार खर्च जुटाउन हारगुहार गरिरेहका छन् । उनको उपचारका लागि आर्थिक सहयोग गरिदिन सबैमा अपिल गरिएको छ । उनको उपचारमा सहयोगको लागि विरुवा गाउँपालिकाले पनि सिफारिस गरेको छ । हालसम्मको उपचारमा ५ लाख रुपैयाँभन्दा बढि खर्च भइसकेको उनका आफन्त विष्णुप्रसाद न्यौपानले जानकारी दिए ।

‘स्पाइनलको समस्या भएपछि उपचारमा ठूलो खर्च लाग्ने रहेछ, हालसम्म त जेनतेन गरेर उपचार भइरहेको छ,’ न्यौपानले भने, ‘लामो समयसम्म उपचार गर्नुपर्ने भएकाले खर्च अभाव भएको छ । देश बिदेशबाट सबैको सहयोग पाए बिमलले नयाँ जीवन पाउने थिए ।’

उनलाई सहयोग गर्न इच्छुक महानुभावले बिमल शर्माको एभरेष्ट बैंक अमरसिंह शाखामा रहेको खाता नम्बर ०७३००५०१२०२६७३ मा सहयोग रकम जम्मा गरिदिन परिवारले आग्रह आग्रह गरेका छन् । थप जानकारीका लागि विष्णुप्रसाद न्यौपानको मोबाइल नम्बर ९८४६८६४९०१ मा सम्पर्क गर्न सकिनेछ ।

सहयोगका लागि यो क्यूआर प्रयोग गर्न सक्नुहुनेछ ।