६ विधाका प्रतियोगिता गरेर सकियो तेस्रो न्यू होराइजन एसईई फेस्ट

मेचीकाली संवाददाता

३ असार २०८१, आईतवार
1329 shares

बुटवल । न्यू होराइजन ईङ्गलिस बोर्डिङ्ग सेकेण्डरी स्कूल बुटवलद्धारा एसईर्ई परीक्षा दिएर बसेका विद्यार्थीहरुको क्षमता विकास गर्ने उद्देश्य सहित आयोजित न्यू होराइजन एसईई फेस्ट आइतबार सम्पन्न भएको छ । विभिन्न ६ विधाका प्रतियोगिता गर्ने गरी जेठ २६ गते सुरु भएको फेस्ट आइतबार सकिएको हो । फेस्टको समापन समारोहमा बोल्दै संस्थाका प्राचार्य लोकनाथ उपाध्यायले विद्यालयले निरन्तर रुपमा विद्यार्थीहरुका प्रतिभालाई प्रस्फुटन तथा परिस्कृत गर्ने अवसरहरुबाट अधिकतम लाभ लिनका लागी प्रोत्साहन गर्दै आएको बताए ।

फेस्टको अन्तिम दिन कूल ३९ समुह सहभागी हाजिरीजवाफ प्रतियोगिताबाट छनौट भएका ६ समूह विचको हाजिरी जवाफ प्रतियोगिताकमा विजय पन्थी, सन्दीप ढकाल र आघ्नेश सोमैमगरको टिम प्रथम, पर्फेक्ट इजुकेशनका कृतिम भट्टराई, प्रतिक्षा खत्री र अक्सर उपाध्यायको टिम द्धितीय र आरम्भ इन्टिच्युटका प्रशान्त यादव, विनय चौधरी र शिव कुमार यादवको टिम तृतिय हुन सफल भएका छन् ।

जसमा प्रथम, द्धितिय र तृतियले क्रमशः ९ हजार, ६ हजार, र ३ हजार नगद शिल्ड र प्रमाण पत्र प्राप्त गरेको हाजिरी जवाफको संयोजन गरेका लिला खनालले जानकारी दिए । असार १ र २ गते १४ टिमबाट रोबोटिक्स वर्कसपको प्रर्दशनी भएकोमा राहुल खड्काथोकी, जस्मीन पौडेल लगाएतको टिमले प्रर्दशन गरेको ‘स्मार्ट स्कुल मोडेलउत्तकृष्ट भई प्रथम, रवि राजभारको भेन्डिङ्ग मेशिन मोडेल द्धितिय र विकिशा गौतम, शान्ती अधिकारी र जिवन ब. रानाको वाइण्ड मिल मोडेल तृतिय हुन सफल भएका थिए । जसमा प्रथम, द्धितिय र तृतीयले क्रमशः रु. ९ हजार, ६ हजार र ३ हजार नगद र प्रमाण पत्र प्राप्त गरेको कक्षा ११ र १२ का सह–संयोजक रमेश रेग्मीले जानकारी दिए ।

त्यस्तै जेठ २९ गते सम्पन्न भएको ३२ टिमकाबीच फुटसल प्रतियोगितामा न्यू होराइजन स्पोर्टस् क्लव विजेता र भि–फाइभ इन्टिच्युट उप–विजेता हुन सफल भएका थिए भने जेठ ३२ गते सम्पन्न भएको २९ टिमकाबीच टि १० क्रिकेट प्रतियोगितामा गुरुकुल एकेडेमी विजेता र नव वुद्ध फुरफुरे टिम उप–विजेता हुन सफल भएको थियो । जसमा दुवै प्रतियोगितामा विजेताले नगद २० हजार र उप विजेताले १० हजार पुस्कार, शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको फेस्टका संयोजक प्रकाश खनालले जानकारी दिए । प्रतिस्पर्धीहरुको हौसला बढाउन पुर्व अन्तराष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनको उपस्थिति रहेको थियो ।

जेठ २६ र २७ गते एकल तथा समुहगत कुल ६३ प्रतियोगिहरु सहभागी रहेको एसईई खुल्ला नृत्य प्रतियोगितामा किरण भण्डारी प्रथम, कृपा पौडेल द्वितीय र सुवेक्षा क्षेत्री, तनिशा राना, अस्मिता भुसाल र गीरीशा थापाको समूह तृतीय भई नगद पुरस्कार क्रमशः १० हजार ५ हजार र २ हजार ५०० नगर र साथमा कप र प्रमाण पत्र प्राप्त गरेका थिए । यसैगरी ३८ प्रतियोगीहरुबीच भएको गायन प्रतिस्पर्धामा क्रिस विक. प्रथम, सोनिया बराल द्वितीय र आरभी आचार्य तृतीय भई कप र प्रमाण पत्रको साथमा नगद पुरस्कार क्रमशः ६ हजार, ४ हजार र २ हजार प्राप्त गरेका थिए ।

उक्त प्रतियोगिताहरुको समापन समारोहमा बोल्दै फेस्टलाई भव्यरुपमा सम्पन्न गर्न खटने सम्पुर्ण कार्यक्रम संयोजक, सह–संयोजकहरु तथा सहकर्मी साथिहरुलाई विशेष धन्यवाद दिदै अगामी दिनहरुमा पनि न्यू होराइजनले विद्यार्थीका प्रतिभा प्रस्फुटन हुने यस्तै विभिन्न कार्यक्रम गर्दै जाने कुरा उप–प्राचार्य बालकृष्ण भण्डारीले वताए । सम्पुर्ण प्रतिस्पर्धाहरुमा दर्ता निःशुल्क रहेको थियो ।