जानकी गाउँपालिकाका अध्यक्ष यादवको निधन

मेचीकाली संवाददाता

१२ भाद्र २०७८, शनिबार
569 shares

बुटवल । बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको निधन भएको छ । शुक्रबार राति एक्कासी बिरामी भएका ६१ वर्षीया अध्यक्ष यादवको नेपालगञ्ज नर्सिङ होममा मृत्यु भएको हो ।

रगतको प्रेसर घटेपछि शुक्रबार साँझ ६ बजे अस्पताल पुगेका उनको राति १ निधन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले जानकारी दिए । उनको गत वर्ष पत्थरीको अपरेशन गरिएको थियो । ‘प्रेसर लो भएपछि दुई दिन अगाडि रगत चढाएको थिइयो ।

हिजो अचानक असहज भएपछि अस्पताल लगिएको थियो । त्यहीँ उहाँको निधन भयो’ रानाले भने । २०७४ सालको स्थानीय निर्वाचनमा यादवले एमालेबाट जानकी गाँउपालिकाको अध्यक्षमा चुनाव जितेका थिए । यादव वडा नम्बर ६ कोठारपुरका हुन् ।