जन्मदिनका अवसरमा वृक्षरोपण

मेचीकाली संवाददाता

३ असार २०८१, आईतवार
291 shares

बुटवल । युवा समाजसेवि केशब खनालले जन्मदिनको अवसर पारेर बुटवलको कालिकानगरमा बृक्षरोपण गरेका छन् । उनले भुटवल–भैरहवा सडकखण्ड अन्तरगत कालिकानगरमा सडक डिभाइडरमा बिभिन्न प्रजातीका करिब २५ ओटा बिरुवा रोपेको बताए ।

होटलमा गएर केक काटेर अनाआबश्यक पैसा खर्च गर्नुभन्दा सामाजिक क्षेत्रमा केहि गनुपर्छ भन्ने लागेर बृक्षरोण कार्यक्रम गरिएको उनले बताए । स्वच्छ सफा हराबरा बाताबरण सहितको सहर बनाउनको निम्ती सहयोग होस भन्ने उद्धेश्यका साथ बृक्षारोपण गरिएको उनको भनाई थियो ।

धुलो धुवाबाट बच्न बृक्षरोपण आबश्यक रहेको भन्दै बिगतका वर्षदेखि जन्मदिनको अबसरमा बिभिन्न खालका सामाजिक कार्यहरु गदै आएको उनले बताए ।

जन्मदिनको अबसरमा अनाबश्यक खर्च गरेर पैसा खर्च गर्नुभन्दा सामजिक क्षेत्रमा बिभिन्न खालका कार्यक्रमहरु गर्न उनले आग्रह गरे