बतास एमएडब्लु आइसरलाई अन्तराष्ट्रिय अवार्ड

मेचीकाली संवाददाता

५ असार २०८१, मंगलवार
328 shares

बुटवल । कर्मसियल भेहिकलमा बिक्रीवितरणमा अग्रणी संस्था बतास एमएडब्लु आइसरले अन्तराष्ट्रिय अवार्ड प्राप्त गरेको छ । ग्लोबल एनुअल कन्फ्रेन्स, थाइल्यान्डमा आयोजित कार्यक्रममा कर्मसियल भेहिकलमा नेपालका लागि आधिकारिक बिक्रेता बतास एमएडब्लु आइसरले स्ट्रोङ्ग रिभाईभल इन सेल्स एण्ड कस्टमर सर्भिस २०२३/२४ अवार्ड जित्न सफल भएको हो ।

बतास र एमएडब्लू बीच एकताको पहिलो बर्षमै कम्पनीले अन्र्तराष्ट्रिय स्तरको सफलता चुमेको कम्पनीको दाबी छ । कम्पनीले समय सापेक्ष ग्राहकको चाहना अनुरुप बस, ट्रक, ट्रिपर उपलब्ध गराएको र एकताको पहिलो बर्षमा नै बिक्री बितरण तथा ग्राहक सेवामा ठुलो र अग्रणी परिवर्तन महशुस गरेको बताइएको छ ।

यसका साथै ग्राहकको सुविधाका लागि अन द स्पट सेवा, बिना झन्झट सामान डेलिभरी, सेल्स सर्भिसमा ग्राहकको सन्तुष्टि, एक्सचेञ्ज फाइनान्सको सुबिधा साथ साथै रिटेल फाइनान्सको लागि एमएडब्लूइनभेष्टमेन्ट प्रा लि र बतास हायर पर्चेज कम्पनीका साथैविभिन्न ५ बित्तिय संस्थाहरुसँग सहकार्य गरेको कम्पनीको दाबी छ । सर्भिसलाई चुस्त दुरुस्त र अन साइट सर्पोटका लागि ४ स्थानहरुमा सर्भिस भ्यान सुविधा उपल्बध छ । साथै अनलाइन मार्फत स्पेयर्स पार्टस उपल्बध गराउँदै पनि आएको छ ।

नेपाल अधिराज्यभरका बिभिन्न स्थानहरुमा सेल्स तथा एक्सचेन्ज कार्यक्रमहरु साथै कर्मचारीहरुलाई विभिन्न ट्रेनिङ्गहरु पनि प्रदान गर्दै आएको छ । माइलेजको बादशाहका रुपमा आइसर ग्राहकमाझ आफनो बलियो पहिचान बनाएको कम्पनीका कार्यकारी निर्देशक तथा सिईओ दिपक अग्रवाल बताउँछन् ।

हाल ११ शाखाहरु, ४ डिलर र १६ टच पोइन्टका साथ देशैभर सेवा बिस्तार गरेको छ । विगत ४० वर्षदेखि आइसरले नेपालको व्यवसायिक सवारीको क्षेत्रमा व्यवसायिक सवारी साधनहरू उपलब्ध गराउँदै आएको छ । बिश्व भर ५० भन्दा बढी देशहरूमा बिक्रीवितरण हुदै आएको आइसरले भोल्भो र आइसरको संयुक्त परियोजनामा विविध मूल्य र प्रयोजनका लागि नयाँ प्रविधिका साथ विभिन्न उत्पादनहरू बजारमा उपलब्ध गराउदै आइरहेको छ ।