चन्द्रप्रभा माविमा किशोरीहरुलाई आत्मरक्षा तालिम

मेचीकाली संवाददाता

७ असार २०८१, बिहीबार
596 shares

अर्घाखाँची, असार ६ । सन्धिखर्क नगरपालिका–७ मा स्थित चन्द्रप्रभा माध्यमिक विद्यालयमा किशोरीहरुका लागि बिहीबारदेखि आत्मरक्षा तालिम सुरु भएको छ । जुनसुकै समयमा पनि किशोरीमाथि हुन सक्ने विभिन्न प्रकारका हिंसाहरुको विरुद्धमा प्रतिकार गर्न सशक्त बनाउने उद्देश्यसहित किशोरीहरुलाई तालिम प्रदान गरिएको हो ।

तालिमको उद्घाटन गदै जिल्ला समन्वय समिति अर्घाखाँचीका सदस्य लक्ष्मण कडेलले आत्मरक्षा तालिमले समाजमा महिला, बालिका तथा किशोरीहरुमाथि हुने यौनजन्यलगायत हिंसाहरुको न्यूनीकरणमा सहयोग पु¥याउने बताए । तालिममा सिकेका ज्ञान, सिपलाई आगामी दिनमा पूर्ण रुपले व्यवहारमा उतार्न सहभागी किशोरीलाई सुझाव दिँदै उनले समुदायस्तरमा यस्ता सचेतनामूलक कार्यक्रम जरुरी रहेको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पद्यलोचन आचार्य, पत्रकार अनिल नेपाली, प्रहरी जवान जीवनकुमार चौधरी लगायतले बोल्दै किशोरीहरुको सुरक्षाको लागि यस्ता तालिममले महत्वपूर्ण भूमिका खेल्ने बताए । नगरपालिकाले यस्ता कार्यक्रमलाई आगामी वर्ष पनि सञ्चालन गनुपर्नेमा जोड दिए । ३ दिन सम्म चल्ने कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका सुरक्षाकर्मीहरुले प्रशिक्षण दिनेछन् ।

कार्यक्रम सन्धिखर्क नगरपालिका–७ का अध्यक्ष चुरा बहादुर केसीको अध्यक्षता, प्रधानाध्यापक दिन बहादुर थापा, वडा सदस्य पुष्षा नेपालीको आतिथ्यता, वडा सदस्य डुकलाल पोख्रेल स्वागत तथा वडा सचिब तुलशा श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।