मर्चवारमा एमालेको अगुवा कार्यकर्ता भेला

मेचीकाली संवाददाता

८ असार २०८१, शुक्रबार
292 shares

बुटवल । नेकपा (एमाले) रुपन्देहीले मर्चवारमा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ । भेलालाई सम्वोधन गदै नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेलले मर्चवारको बिकास नेकपा एमालेको अगुवाईमा मात्र सम्भव हुने बताएका छन् ।

उनले यस क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिहरुले सोझा जनतालाई ठगिरहेको बताउदै कंडेलले निर्वाचनको समयमा विभिन्न भ्रम र आश्वासन छर्ने निर्वाचित भए पछि बिकासको नाममा केही पनि नगर्ने यहाँका निर्वाचित जनप्रतिनिधिको प्रबृत्ति रहेको बताउदै मर्चवार क्षेत्रको समग्र बिकासका लागि वडा, पालिका, प्रदेश र संघमा प्रतिनिधित्व हुन आवस्यक रहेको बताएका थिए । अध्यक्ष कंडेलले भारतको सिमाना नजिक हुनु र खुल्ला सिमाना भएका कारण सबै कुरामा प्ररनिर्भर हुनुपरेको भन्दै अब देशमै आत्मनिर्भर हुने गरि दीर्घकालीन योजना बनाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुपर्ने बताए ।

नेकपा एमाले केन्द्रीय कमिटी सदस्य कमल गौतमले मर्चवारको बिकास र समृद्धिका लागि एमाले हर समय तयार रहेको बताउदै त्यसको लागि मिसन ८४ मा पालिका, प्रदेश र संघमा एमालेको बहुमत प्रतिनिधित्व हुनुपर्ने बताए ।
नेकपा एमाले रुपन्देही जिल्ला कमिटी अध्यक्ष यज्ञ गैरेले रुपन्देहीको पछाडि परेको क्षेत्रलाई अगाडि बढाउनका लागि भुगोल र समाबेशीतालाई बिशेष जोड दिएको बताए । उनले त्यस क्षेत्रमा पार्टी सन्चालनमा देखिएका समस्या समाधान गर्न आफू तप्पर रहेको बताउदै पार्टी सदस्यता नवीकरण र बिस्तारलाई पहिलो प्राथमिकता राखेर काम गर्न आग्रह गनुभयो नेकपा एमाले र बिकास पर्यायबाची भएको हुदा पार्टी काम र बिकासका कामलाई एकसाथ अगाडि बढाउने गरि नेकपा एमालेले तयारी गरेको बताए ।

प्रदेश कमिटी सदस्य कमलेश यादवले मर्चवारमा भैरहेको बिकास आयोजना एमालेका तत्कालिन मुख्यमन्त्री शंकर पोखरेल र लिला गिरीको प्रत्यक्ष निर्देशनमा भएको तर त्यो कुरा आम जनताले बुझ्न नसकेको र विभिन्न भ्रमका पछाडि लागेको बताउदै जनता सचेत हुनुपर्ने बताए । जिल्ला कमिटी निवर्तमान अध्यक्ष तेजेन्द्र केसीले यस क्षेत्रमा आफुले लामो समय काम गरेको बताउदै पार्टी सदस्यता बिस्तारको काममा जुट्न सबैलाई आव्हान गरे ।

जिल्ला कमिटी उपसचिव तथा पुर्व प्रदेशसभा सदस्य सुनिता ठठेरले मर्चवार क्षेत्रले पहिलो पटक जिल्ला कमिटीको पदाधिकारीको जिम्मेवारी पाएको हुदा त्यस क्षेत्रका सबैलाई धन्यवाद दिदै मर्चवारको सुख, दुखमा आफू जहिले पनि साथमा रहेको र आगामी दिनमा संगै हातेमालो गरेर अगाडि बढ्न आफू तयार रहेको बताए ।

कार्यक्रममा मर्चवारी गाउ कमिटी अध्यक्ष केशरनाथ गिरि, मायादेवी गाउ कमिटी अध्यक्ष साधुसरण साहनी, कोटहीमाई गाउँ कमिटी अध्यक्ष राजकुमार गौड र सम्मरीमाई गाउँ कमिटी अध्यक्ष हद्दिस देवानले आ आफ्नो पालिकामा पार्टी सन्चालनमा देखिएका समस्याहरु, बिकास निर्माणमा देखिएका समस्याहरुको बारेमा जानकारी गराएका थिए । उनिहरुले त्यो क्षेत्र शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, यातायात सबै कुराले पछाडि परेको र रुपन्देही जिल्ला भनेर चिनाउन पनि आफुहरुलाई गार्हो हुन थालेको बताए ।

कार्यक्रम नेकपा एमाले जिल्ला कमिटी सदस्य हरी लोधको अध्यक्षता तथा जिल्ला कमिटी सदस्य मुस्लिम खानको सन्चालनमा सम्पन्न कार्यक्रममा एमाले जिल्ला कमिटी उपाध्यक्ष हितराज पन्थी, सचिव चित्रबहादुर कार्की, उपसचिव बाबुराम पन्थी, सुनिता ठठेर, जिल््ला कमिटी सदस्य यम पाण्डे, बालकृष्ण पान्डे, बिन्दावति गौड, प्रदेश सल्लाहकार राम वचन यादव लगायतले आआफ्नो भनाई राखेका थिए ।