शुद्दोधन गाउँपालिकाको बजेट ७० करोड २७ लाख

मेचीकाली संवाददाता

११ असार २०८१, सोमबार
168 shares

तुलसीराम पौडेल —

शुद्दोधन , आषाड १० 

रुपन्देहीको शुद्दोधन गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को लागि  ७० करोड २७ लाख ४८ हजार रुपैयाँ बराबरको बजेट सोमबार सम्पन्न गाउँ सभाको १६ अधिवेशनको तेस्रो बैठकबाट पारीत भएको छ।

गाउँपालिकाको गाउँ सभाको १६ औ अधिवेशनको आइतबार सम्पन्न दोस्रो बैठकमा गाउँ सभा अध्यक्ष बिष्णु प्रसाद बस्यालको अनुमतिले गाउँपालिका प्रवक्ता एवं वाड नम्बर -४ का वडा अध्यक्ष केशव अधिकारीले आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गर्नुभएको थियो ।

सार्वजनिक गरिएको बजेट एवं विभिन्न विषयका विधेयकहरुलाई  पारीत गरियोस भनी गाउँ सभा सभा समक्ष प्रस्तुत गर्नुभएको प्रस्तावलाई गाउँ सभा सदस्यहरुले ताली बजाएर पारित गरेका थिए ।  गाउँपालिकाबाट वितरण गरिने बजेट अन्तरगत प्रत्येक वडा कार्यालयलाई एक करोड पाँच लाख गरि  ७ वटा वडाको कुल ७ करोड ३५ लाख छुट्टाइएको छ। अन्य पुजिगत खर्च १८ करोड रुपैयाँ छ भने चालु खर्च १० करोड ३०लाख ५५ हजार रुपैयाँ विनियोजन गरिएको छ। बजेटको स्रोत अन्तरगत आन्तरिक आम्दानी ५ करोड रुपैयाँ ,केन्द्र सरकारबाट ३७ करोड ९२ लाख ९१ हजार रुपैयाँ ,लुम्बिनी प्रदेश सरकारबाट २ करोड २३ लाख ३८ हजार रुपैयाँ ,सामाजिक सुरक्षा भत्ता बापत १२ करोड ,अन्य स्रोत तथा अनुमानित मौज्दात रकमबाट ३ करोड २९ लाख ८४ हजार रुपैयाँ रहेकोे छ।