लुम्बिनी बौद्ध विश्व विद्यालयमा मदन भण्डारी स्पोर्टस एकेडेमीको कमिटी गठन

मेचीकाली संवाददाता

१२ असार २०८१, मंगलवार
163 shares

बुटवल । मदन भण्डारी स्पोर्टस एकेडेमीको लुम्बिनी बौद्ध विश्व विद्यालयमा कमिटी गठन गरिएको छ ।
मदन भण्डारी स्पोर्टस एकेडेमीका उपाध्यक्ष तेजविक्रम बस्नेतको अध्यक्षतामा सम्पन्न लुम्बिनी बौद्ध विश्वविद्यालय स्तरीय प्रथम भेलाबाट सिदार्थ कंडेलको अध्यक्षतामा नयाँ कमिटी गठन गरिएको हो ।

जसको उपाध्यक्षमा अम्बिका सुवेदी, सचिवमा खेमप्रसाद आचार्य, सहसचिवमा कृति कोइराला र कोषाध्यक्षमा शंकर वि.क रहेका छन् । यस्तैगरी नेस्मा गिरी (महिला विभाग प्रमुख), विवेक विश्वकर्मा (प्रचारप्रसार विभाग प्रमुख), दिलिप चापागाईँ (फुटसल विभाग प्रमुख), शिवा पाण्डे (स्वास्थ्य विभाग प्रमुख), अनिसा कुँवर (एथलेस्टीक विभाग प्रमुख), विन्दु श्रेष्ठ (भलिबल विभाग प्रमुख), स्मृति पाण्डे (क्रिकेट विभाग प्रमुख), विमला बुढा मगर (साँस्कृतीक विभाग प्रमुख), मीना खवास (ब्याडमिन्टन विभाग प्रमुख), मनिसा पौडेल (बास्केटबल विभाग प्रमुख), सुन्दरदिप केवट (कबड्डी विभाग प्रमुख), मनिसा नेपाली (मार्सल आर्ट विभाग प्रमुख) मा चयन भएका छन् ।

सदस्यहरुमा विष्णु भट्टराई, साहारा पराजुली, ज्ञानचन्द्र भुसाल रहेका छन् । कमिटीले विश्व विद्यालय मातहतका सम्पूर्ण क्याम्सहरुमा बिभिन्न खेलकुद प्रतियोगिता तथा विविध रचनात्मक क्रियाकलाप सञ्चालन गरी स्वच्छ शैक्षिक वातावरण तयार गर्ने जनाएको छ ।

उक्त कार्यक्रममा मदन भण्डारी स्पोर्टस एकेडेमीका केन्द्रीय अध्यक्ष ध्रुव आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । यसैगरी केन्द्रीय कमिटीका सचिवालय सदस्य, क्याम्पसका उपप्राध्यापक दामोदर घिमिरे लगायत विद्यार्थी नेताहरूको उपस्थिति रहेको थियो ।