मृगौला पीडित गोमादेवीको उपचारमा आर्थिक अभाव, सहयोगको अपिल

मेचीकाली संवाददाता

१६ असार २०८१, शनिबार
2344 shares

बुटवल । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ निवासी गोमादेवी क्षेत्रीको उपचारमा आर्थिक अभाव भएको छ । दुवै मृगौला फेल भएपछि उपचाररत क्षेत्रीको उपचारका लागि आर्थिक अभाव भएको भन्दै परिवारले सहयोगको याचना गरेका छन् ।

उनका श्रीमान बलबहादुर क्षेत्रीका अनुसार हाल बुटवलको गौतमबुद्व मुटु अस्पतालमा उनको डायलासिस भईरहेको छ । घरको आर्थिक अवस्था कमजोर रहेकोले आर्थिक अभावका कारण अब उपचार गर्नसमेत नसक्ने अवस्थामा पुगेको भन्दै उनले सहयोग गरिदिनुहुन सहयोगी मनहरुलाई आग्रह समेत गरे । ‘उमेरमै नराम्रो रोग लाग्यो’, बलबहादुरले भने ‘सबैको सहयोग पाएमा श्रीमतीको ज्यान बचाउन सकिन्थ्यो ।’

गोमाको मृगौला फेर्न परिवारले पहल गरेपनि सरकारी अस्पतालमा ६ लाख र नीजि अस्पतालमा १५ लाख खर्च लाग्ने चिकित्सकले बताएको बलबहादुरले बताए । गम्भीर प्रकृतिको रोग लागेपछि गोमाको उपचार यसअघि छाउनी अस्पतालमा भएको थियो ।

आर्थिक अवस्था कमजोर भएकी गोमाको उपचारमा सहयोग गर्न साईन रेसुङ्गा बैंकमा उनको नाममा रहेको खाता नम्बर ००२००५०००११९४८०००००१ मा सहयोग गर्न आग्रह गरिएको छ ।