रोट्रयाक्ट डिष्ट्रक ३२९२ को डिष्ट्रिक लिडरसिप सेमिनार काठमाडौंमा सम्पन्न

मेचीकाली संवाददाता

२० असार २०८१, बुधबार
568 shares

बुटवल । रोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपाल भुटानले १७ औँ डिष्ट्रिक लिडरसिप ट्रेनिङ्ग सेमिनार एवं अवार्ड सेरेमोनी कार्यक्रम काठमाडौंमा सम्पन्न गरेको छ । रोट्रयाक्ट डिष्ट्रिक ३२९२ नेपाल भुटानको आयोजना तथा रोट्रयाक्ट क्लब अफ पिपल्स क्याम्पसको सहकार्यमा कार्यक्रम भएको हो ।

रोट्रयाक्ट क्लब अफ पिपल्स क्याम्पसकी अध्यक्ष परिना श्रेष्ठ र रोट्रयाक्ट डिष्ट्रकका डिआरआर रोसन कार्किको संयुक्त अध्यक्षयता तथा रोटरि डिष्ट्रिक २०२३–२४ का डिष्ट्रिक गभर्नर राजेन्द्रप्रसाद ध्वजुको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बर्ष २०२४–२५ का डिष्ट्रक गभर्नर राजेन्द्रमान सेरचन, पुर्ब डिष्ट्रक गभर्नर सन्जय गिरी, पुर्ब डिष्ट्रिक गभर्नर सन्तोष रिजाल, डिआरसिसि नारायण कृष्ण खरेलको बिशिस्ट आतिथ्यता तथा दिनेश मानन्धर , दुर्गादेव सुबेदि, अमित गिरि, रोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपाल भुटान बर्स २०२४–२५ का डिआरआर बिक्रम क्षेत्री, २४–२५ का डिआरआर इलेक्ट दिनेश गैरे, पुर्ब डिआरआर सुशील कुमार कार्की डिआरसीका चेयर किशोर त्रिपाठि रहेका थिए ।

कार्यक्रममा रोट्रयाक्ट क्लबका अध्यक्ष, सचीव, कोषाध्यक्ष, क्लब सर्भिस डाइरेक्टर, कम्युनिटि सर्भिस डाइरेक्टर, प्रोफेसन डिभेलपमेन्ट डाइरेक्टर, द रोटरि फाउन्डेसन डाइरेक्टर, अन्य डाइरेक्टर, पब्लिक इमेज चेयर, जनरल मेम्बरहरुलाइ छुट्टाछुट्टै सेसनमा राखी रोट्रयाक्ट डिष्ट्रिक ट्रेनिङ टिम र ९ जना प्रशिक्षकहरुले तालिम प्रदान गरेको डिष्ट्रिक लिडरसिप ट्रेनर अनुसा नेपालले जानकारी दिइन ।

बर्ष २४–२५ लाइ प्रभावकारी रुपमा अगाडि बढाउन यो कार्यक्रमले महत्त्वपूर्ण भुमिका खेल्ने २४–२५ का डिआरआर बिक्रम क्षेत्रीले बताए । रोट्रयाक्ट डिष्ट्रिक २३–२४ का डिआरआर रोसन कार्किले आफ्नो कार्यकाललाइ उत्कृष्ट बनाउन सहयोग गर्ने सम्पूर्णलाइ धन्यवाद ज्ञापन गर्दै बर्ष २३–२४ मा उत्कृष्ट कार्य सम्पादन गर्ने डिष्ट्रकका पदाधिकारीहरु, आफ्नो कार्यकालमा सहयोग गर्ने विभिन्न संघ सस्था एवं ब्यक्तित्वहरु, विभिन्न रोट्रयाक्ट क्लब, विभिन्न रोट्रयाक्ट क्लबका अध्यक्ष एवं पदाधिकारीहरुलाइ सम्मान पत्र र अवार्ड प्रदान गर्दै सम्मान व्यक्त गरे । आगामी बर्षलाइ पनि अझ उत्कृष्ट बनाउन आफु सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा प्रमुख अतिथि राजेन्द्र प्रसाद ध्वजु, बिशिष्ट अतिथि राजेन्द्रमान शेरचन र बिक्रम क्षेत्रि लगायतले पनि आआफ्नो भनाई राखेका थिए ।

उक्त कार्यक्रममा रोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपाल भुटान अन्तर्गतका १३६ क्लबहरुबाट ८१४ भन्दा बढी रोट्रयाक्टरहरुको सहभागीता रहेको बर्ष २०२४–२५ का डिष्ट्रीक मिडिया समन्वय अफिसर आबिस्कार खनालले जानकारी दिए । कार्यक्रम बर्ष २४–२५ का डिआरआर इलेक्ट दिनेश गैरेको स्वागत तथा जुना पुन र बर्ष २३–२४ का डिष्ट्रक सेक्रेटरी सुशान्त धितालको सञ्चालनमा सम्पन्न भएको बर्ष २४–२५ का डिष्ट्रक सेक्रेटरी सुबिन खड्काले बताए ।