पूरकमा परेका विद्यार्थीलाई निःशुल्क अनलाइन पढाउँछौँ: ओली

मेचीकाली संवाददाता

२१ असार २०८१, बिहीबार
174 shares

बुटवल। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माध्यामिक शिक्षा परीक्षा (एसईई) मा अनुत्तीर्ण विद्यार्थीले आफ्नो फेसबुक पेजमा अनलाइन कक्षा सञ्चालन गर्ने बताएका छन् । अनेरास्ववियु, रूपन्देही बुटवलमा आयोजना गरेको विद्यार्थी सम्मान कार्यक्रममा बोल्दै ओलीले केपी शर्मा ओली फेसबुक पेजबाट निःशुल्क पढाइ गर्ने बताए । अंग्रेजी, विज्ञान, गणित सामाजिक विषयको दक्ष शिक्षकहरुबाट निःशुल्क पढाउने व्यवस्था मिलाएको छु । यो पेजमा आफ्नो मोबाइल नम्बर टिपाउनुहोस तत्काल रेस्पोन्स हुनेछ वा ९८४१८९७६१३ मा सम्पर्क गर्नुहोस् ।’ यो वर्ष ५२ प्रतिशत विद्यार्थीको रिजल्ट एनजी अर्थात् कक्षा ११ पढ्न नपाउने विद्यार्थी छन् ।

एसईईको पुरक परीक्षा यहीँ साउन २३ गतेदेखि हुँदै छ । यो वर्ष सबै विषयमा अनुत्तीर्ण हुने विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने व्यवस्था छ । ‘सैद्धान्तिक र व्यवहारिक ज्ञानमा ध्यान दिँदै आत्मविश्वास गर्नुस्, सफलता टाढा छैन,’ ओलीले
‘अभिभावकले भनेको विषयमा होइन । आफूले के दक्षता हासिल गर्न सक्छु त्यहीँ गर्नुस् । त्यसैमा कन्सलटेन्ट अगाडि बढदै जानुहोस् ।’ हाम्रो मुलुक पूर्वजहरुका अनुसन्धानको केन्द्र रहेको बताउँदै ओलीले यही हरेक सम्भावना रहेको बताउँदै त्यसको विस्तार हुन नसकेको ओलीको भनाइ छ । उनले खवर व्यक्तिको संगत गर्न आग्रह गर्दै झिँगाको पछाडि होइन मौरीको पछि लाग्नुपर्ने बताए ।

ओलीले नेपाल कहिल्यै कसैको पराधीन राष्ट्र हुनु नपरेकोले हाम्रो स्वतन्त्रता दिवस नभएको बताएका छन् । अखिल, रुपन्देहीले बिहीबार बुटवलमा आयोजित विद्यार्थी सम्मान कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री ओलीले हामी नेपाली कहिल्यै कसैको उपनिवेश, दास र पराधीन नभई स्वतन्त्र राष्ट्र भएको कहिल्यै ‘इनडिपेन्डनेन डे’ मनाउन नपरेको बताए । ‘हामी को हौँ ? पूर्वजहरुको सन्तान हामी व्रिलेन्ड हो । ज्ञानको आश्विकार गर्ने पुर्खाका सन्तान हामी नेपाली हाँै । विश्वका धेरै राष्ट्रले स्वतन्त्रता दिवस मनाए पनि हाम्रो कसैको उपनिवेशनमा बस्न नपरेकोले नेपालसँग स्वतन्त्रता दिवस छैन,’ ओलीले भने । हाम्रो देश जीवनमय रहे पनि दुई ठूला दुई देशले गर्दा सिमा फैलिन नपाएजस्तै नेपालको बौद्धिकता पनि विस्तार हुन नपाएको बताए ।

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले मुलुकमा सबै प्रकारको अनुकूल परिस्थिति निर्माण हुने वातावरण बन्न लागेको बताएका छन । छिट्टै बन्न लागेको एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले त्यसको सुरुआत हुने बताए । अखिल, रुपन्देहीले बिहीबार बुटवलमा आयोजना गरेको एसईई उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले देशमा अब लगानी र स्वजगारी र सही उच्च शिक्षा पढ्ने वातावरण बन्ने बताए ।

‘अब विश्वासको साथ आफना कदमहरु अगाडि बढाउनुहोस् । अबको केही दिनको अन्तरालमा केपी शर्मा ओलीको नेतृत्वमा नेपालले सरकार प्राप्त गर्दैछ । त्यो सरकारले स्वभाविक रुपमा सबै क्षेत्रका समस्या नयाँ उचाइका साथ नेपाल निर्माण गर्ने सबैको चाहना त्यो चाहना पूरा हुनेछ ।’ जुनकुनै विधामा पनि विद्यार्थी पढ्न सक्ने बताउँदै उत्कृष्टता प्राप्त गर्ने विषय पढ्न आग्रह गरे । रुपन्देहीको शैक्षिक विकासमा आफू दतचित्त भएको बताउँदै शैक्षिक केन्द्र बनाउन आफू लागिरहेको प्रतिबद्धतासमेत पौडेलले लिए ।