आवर पीसल्याण्ड एकेडेमीमा एसईई उत्तीर्णलाई सम्मान

मेचीकाली संवाददाता

२२ असार २०८१, शुक्रबार
395 shares

बुटव। बुटवल दीपनगरस्थित आवर पीसल्यान्ड एकेडेमीले शुक्रबार माध्यामिक शिक्षा परीक्षा (एसईई) २०८० मा उत्तीर्ण भएका विद्यार्थीलाई बधाई तथा सम्मान गरेको छ । एसईईमा विद्यालयबाट सहभागी २९ जना विद्यार्थीमध्ये ३.८३ देखि २.९० जीपीएसम्म ल्याएर शत प्रतिशत उत्तीर्ण गराउन विद्यालय सफल भएको हो । विगतका वर्षहरुमा पनि शत प्रतिशत रिजल्ट दिँदै स्कूलले ४ जीपीए ल्याए नेपाल प्रथम भएर पनि आफूलाई अब्बल शैक्षिक संस्थाको रुपमा पनि दरिएको छ ।

सम्मान कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका माध्यामिक शिक्षा शाखा उपनिर्देशक टीकाराम पन्थीले देशभरको एसईई रिजल्ट सन्तोषजनक नभएको अवस्थामा पनि विद्यालयले शत प्रतिशत नतिजा ल्याएर आफूलाई प्रमाणित गरेको बताए । पन्थीले एसईई सानो क्षेत्र भएको बताउदै आगामी दिनका शैक्षिक यात्राहरुमा विद्यार्थीहरुले ध्यान दिए पढन जोड दिए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष कुलानन्द पाण्डेले विद्यालयले वर्षौंदेखि उत्कृष्ट नतिजा ल्याइरहेको बताउदै विद्यार्थीहरुलाई घर नजिकको विद्यालयमा आफ्ना सन्तति अध्यापन गराउन अभिभावकहरुलाई आग्रह गरे । पाण्डेले वडाको शिक्षमा स्कूलले ठूलो योगदान पु¥याउदै स्कूलले अध्ययन र अनुशासनमा विशेष जोड दिदै आएको बताए । विद्यालयका प्राचार्य गंगा भण्डारीले सबैको मेहेनतले स्कूल गर्व गर्न लायक शैक्षिक संस्था बनेको बताइन । उनले दीपनगर र शिवनगरमा विधालयले शिक्षाको उज्यालो छरेको बताइन ।

कार्यक्रममा अभिभावक संघ रुपन्देही अध्यक्ष लोकनाथ ज्ञवालीले देशभरमा आएको नतीजालाई आवर पिसल्याण्डले तोडेको भन्दै शुभकामना ब्यक्त गरे । वि.स. २०५९ सालमा स्थापना भएको विद्यालयमा प्ले गु्रपदेखि कक्षा १० सम्म करिब ५ सय विद्यार्थीहरु अध्ययन गर्दै आएका छन् । सम्मानित हुने विद्यार्थीहरुलाई मायाको चिनो समेत प्रदान गरिएको कार्यक्रम सञ्चालक शिक्षक रोमान्च पुनले जानकारी दिए ।