रोट्रयाक्ट डिष्ट्रिक ३२९२ नेपाल भुटानको डिआरआर पदस्थापन सम्पन्न

मेचीकाली संवाददाता

२४ असार २०८१, आईतवार
224 shares

बुटवल । रोट्रयाक्ट डिष्ट्रिक ३२९२ नेपाल भुटानको १७औँ डिआरआर पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । वर्ष २०२३–२४ का डिआरआर रोसन कार्कीले वर्ष २०२४–२५ का डिआरआर बिक्रम क्षेत्रीलाई शनिबार पद हस्तान्तरण गरेका हुन् । पद हस्तान्तरण गर्दै कार्कीले आफ्नो कार्यकाललाई सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिए । रोट्रयाक्ट डिष्ट्रिक र रोट्रयाक्ट अभियानमा सदैव सहयोग गर्ने बताए ।

पदभार ग्रहण गर्दै क्षेत्रीले आफ्ना कार्ययोजनाहरु प्रस्तुत गर्दै आफ्नो कार्यकालमा रोट्रयाक्ट डिष्ट्रिक ३२९२ लाई अझ उचाइमा पु¥याउने गरी काम गर्ने प्रतिबद्धता जनाए भने आफ्नो कार्यकाल सुरुवात अगाबै विभिन्न ५ वटा महत्वपूर्ण कार्यक्रमहरु सम्पन्न गर्न सफल भएको बताए ।

कार्यक्रममा रोटरी वर्ष २०२४–२५ का डिष्ट्रिक गभर्नर राजेन्द्रमान शेरचनले रोट्रयाक्ट अभियान र डिआरआर क्षेत्रीको योजनालाइ सफल बनाउन रोटरी डिष्ट्रिक र आफ्नो तर्फबाट भरपुर गर्ने र आफ्नो कार्यकालमा रोट्रयाक्टरलाई सँगै लिएर अगाडि बढ्ने बताए । कार्यक्रममा निबर्तमान रोटरी डिष्ट्रिक गभर्नर राजेन्द्रप्रसाद ध्वजूm पूर्वगभर्नरद्वय सन्जय गिरी , जितेन्द्रबहादुर राजभण्डारी, डिआरसिसी कृष्णप्रसाद पाण्डे, रोटरियन एजाज आलम, आइडिआर दिपशन अधिकारीलगायतले सुशकामना मन्तव्य राखेका थिए ।

रोट्रयाक्ट डिष्ट्रक ३२९२ अन्तर्गतका १० वटा क्लबहरुको आयोजना र १३ वटा क्लबहरुको सहआयोजनामा सम्पन्न कार्यक्रम रोट्रयाक्ट डिष्ट्रिक वर्ष २४–२५ का डिआरआर इलेक्ट दिनेश गैरेको स्वागत, डिष्ट्रिक २४–२५ का एसिस्टेन्ट सेक्रेटरी अनुप पाण्डेको धन्यवादज्ञापन र डिष्ट्रिक सेक्रेटरी सुविन खड्काको सञ्चालनमा सम्पन्न भएको वर्ष २०२४–२५ का डिष्ट्रिक मिडिया समन्वय अफिसर आबिस्कार खनालले जानकारी दिए ।