कृष्णेश्वर मन्दिरमा गुरुपूर्णिमादेखि जनैपूर्णिमासम्म जर्लापण गरिने

मेचीकाली संवाददाता

२५ असार २०८१, सोमबार
213 shares

बुटवल । बुटवलको पुरानो र ऐतिहासिक कृष्णेश्वर मन्दिरमा यस वर्षदेखि नियमित रूपमा श्रवणी मेलामा जलार्पण गरिने भएको छ । बुटवल–१ पुरानो बटौलीमा रहेको मन्दिरमा गुरुपूर्णिमादेखि जनैपूर्णिमासम्म जलार्पण गरिने र साथै हरेक सोमबार भजनकृत गरिने भएको छ । प्यागोडा शैलीमा बनेको ऐतिहासिक मन्दिर जंगबहादुरका नाति वीरजंग राणा २७५ वर्ष अघि निर्माण गरेका थिए । मन्दिरका अध्यक्ष राजु लिगलले सन्तानेश्वर मन्दिर रहे पनि अहिले यसको नाम कृष्णेश्वर नामाकरण भएको बताए ।

‘मन्दिरको सन्तान नभएकाहरुले संकल्प गरे आफ्नो मनोकामना पुरा हुने जनविश्वास छ’ लिगल भन्छन, ‘यहाँ दर्शन गरेको सन्तानको सुःख प्राप्त गरेका छन । यो वर्षदेखि जर्लापण गर्ने कार्यक्रम राखिएको छ । भक्तजनले मन्दिरको दर्शन र जर्लापण गरेर आफ्नो मनोकामना पूरा गर्न सबैलाई आग्रह गर्दछु ।’ बुटवलको जननी भनेर बुटवल–१ पुरानो बुटवललाई लिइन्छ । अहिले यो क्षेत्र पछाडि परेको छ ।

यसलाई संरक्षण र विकास गर्दै पारी बुटवलका धरोहरको संरक्षण र विकास गर्न स्थानीय सरकार अग्रसर हुनुपर्ने लिगलको भनाइ छ । मन्दिरले संरक्षण र विकासको लागि विधान पनि बनाइएको छ । मन्दिरका उपाध्यक्ष जमुना बास्तोलाले पुरानो शहरको मन्दिरको प्रचार प्रसार आवश्यक रहेको बताइन् । मन्दिरका कोषाध्यक्ष पदमपाणि न्यौपानेले स्थानीय सरकारले मन्दिरको विकासमा ध्यान दिनुपर्ने बताए । मन्दिरले केही दाताहरुबाट सहयोग पनि प्राप्त भएको छ ।