बुटवलमा म्यानुयल एण्ड रिहाव सेन्टर सञ्चालनमा

मेचीकाली संवाददाता

२९ असार २०८१, शुक्रबार
201 shares

बुटवल । बुटवल–६ मैत्रीपथमा म्यानुयल मेडिसिन एण्ड रिह्याविलिटेसन सेन्टर सञ्चालनमा आएको छ । हाडजोर्नी, मांसपेसी र नशा सम्बन्धी रोगहरुको उपचार गर्ने गरी फिजियोथेरापी चिकित्सकद्वय अवनिश खड्का र सुशीलचन्द्र अर्यालको संयुक्त २५ लाख लगानीमा सेन्टर सञ्चालनमा आएको हो ।

नेपालमै पहिलो पटक गन्सटेड काईरोप्राक्टिक तथा काठमाण्डौपछि पहिलो पटक सकवेभ उपचार पद्धतिको सेवा सहित उपचार गर्नेगरि शुक्रबारबाट सेवा शुरु गरेको हो । सेन्टरको एक कार्यक्रमका बिच उद्धाटन गर्दै बरिष्ठ नसा रोग विशेषज्ञ डा. राजिव भण्डारीले नशा तथा हाडजोर्नीको उपचारमा थेरापीको भूमिका महत्वपूणर् रहने बताए ।

उनले बिदेशतिर उपचार पछि आवश्यक फिजियोथेरापी बिना बिरामी घर नपठाउने गरेको भएपनि नेपालमा त्यस्तो अवस्था नभएकोले सेन्टर सञ्चालनले निकै राम्रो सन्देश दिएको बताए । उनले बुटवल क्षेत्रमा यो किसिमको सेवा शुभारम्भ गरकोमा शुभकामना ब्यक्त गर्दै आफ्नो क्षेबबाट हुनसक्ने सहयोग गर्न प्रतिवद्धता ब्यक्त गरे ।

कार्यक्रममा बोल्दै सञ्चालक अवनिश खड्काले गन्सटेड काईरोप्राक्टिक पद्धिती नेपालमै पहिलो पटक सञ्चालनमा ल्याएको र भारतमा आफुले अध्ययन र काम गरेर बुटवलमा सेन्टर स्थापना गरेको बताए । सेन्टरबाट काइरो प्राक्टीक सेवा, म्यानुअल मेडिसिन सेवा, सकवेभ थेरापी सेवा, लेजर थेरापी, ड्राईनिडलिङ थेरापी सेवा, कपिङ थेरापी, टेपिङ थेरापी, स्पाईन एडजस्टमेन्ट, र पोस्चर करेक्सनका गरिने सञ्चालक खड्काले बताए । अर्का सञ्चालक शुसिल चन्द्र अर्यालले सेन्टरबाट उपलब्ध हुने सेवा सुविधाहरुको बारेमा बताउँदै शुभारम्भको अवसरमा निशुल्क परामर्श सेवा तथा ल्याब टेस्टमा २० प्रतिशत र सम्पूणर् उपचारमा २५ प्रतिशत छुट प्रदान गरिएको बताए ।

उनले ढाड कम्मर दुख्ने जोर्नि खिईने, घोडा दुख्ने, गर्धन दुख्ने, कुहीना दुख्ने कुरकुच्चा दुख्ने, हात खुट्टा पोल्ने, झमझमाउने, सिल्का हान्ने, खेलकुदमा हुने चोटपटक, अपरेशन हुनु अघि र पछिको पुर्नस्थापना, बाथ, युरिक एसिड, लिगामेन्ट चेतिएको, मिनिस्कस ईन्जुरी, पक्षघात, पार्किन सोनिजम, जिबिएस, स्पाईनल कर्ड ईन्जुरी, सेरेवल पाल्सी, अटिजम तथा सम्पुणर् हाडजोर्नि, मांसपेसी र नशा सम्वन्धी समस्याहरुको उपचार गरिने जानकारी दिए ।