कालिकानगरमा दिया डिजाइन तथा बुटिक सेन्टर

मेचीकाली संवाददाता

२९ असार २०८१, शुक्रबार
93 shares

बुटवल । ‘सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ’ भन्ने नारा सहित बुटवलमा दिया डिजाइनर बुटिक सञ्चालनमा आएको छ । लेडिजका सम्पूर्ण कपडासहित बुटवल ११ कालिकानगर शिवालय मन्दिर अगाडि १५ लाख लगानीमा बुटिक सञ्चालनमा आएको हो ।

फेसन डिजाइनरसहित राखेर बुटिक सञ्चालन गरेको हो ।बुटिकका सञ्चालक अस्मिता न्यौपानेले बुटवलमा यस्तो किसिमको आधुनिक बुटिक आवश्यक भएकै कारण आफूले सञ्चालन गर्ने प्रयास गरेको बताइन । बुटिकले मुल्य, गुणस्तर र समयलाई अरुभन्दा फरक किसिमले राखेको उनले बताइन् । बुटिकमा लेडिजहरुलाई चाहिने अफिसियल, बिहे, पार्टी, ब्रतबन्ध, बर्थडे, एनिभर्सरी लगायत सबै किसिमको डेस र देश तथा विदेशमा अनलाइन सेवा पनि उपलब्ध हुनुको साथै विभिन्न ड्रेस भाडामा उपलब्ध हुनेछ ।

बुटिकको एक कार्यक्रमका बिच हिमान्शु बुटिक एण्ड ट्रेनिङ सेन्टरका प्रोपाइटर हिरा पेग्नीले उद्घाटन गर्दै व्यवसाय सफलताको दिइन । लामो मेहनत र संघर्षले बुटिक सञ्चालन गर्न सफल भएको भन्दै पेग्नीले प्रशंसा गरिन् । साथै उनले बुटवलका लागि मात्रै नभएर यो बुटिक लुम्बिनी प्रदेशकै लागि अति आवश्यक रहेको भन्दै उनले सबैको रोजाइमा बुटिक पर्ने विश्वास व्यक्त गरिन् ।

अब लेडिजका लागि चाहिने सबै प्रकारका आधुनिक किसिमले बनाएका कपडा एउटै ठाउँमा उपलब्ध हुने भएपछि ग्राहकहरुलाई पनि सहज हुने सञ्चालकको भनाई छ । १५ लाखको लगानीमा सञ्चालित बुटिकले ५ जनालाई रोजगारीसमेत दिएको छ ।