पीसल्याण्डमा रामायण वाचन प्रतियोगिता

मेचीकाली संवाददाता

२९ असार २०८१, शुक्रबार
138 shares

बुटवल । बुटवल–७, शिवनगरस्थित आवर पीसल्याण्ड एकेडेमीमा २११ औँ भानु जयन्तीको अवसरमा रामायण वाचन प्रतियोगिता सम्पन्न भएको छ । किताबी ज्ञानका अतिरिक्त बालबालिका लाई साहित्य , खेलकुद लगायतका विभिन्न क्रियाकलापमा यथेष्ट रूपमा सहभागी गराउँदा बालबालिकाको अन्तरनिहित प्रतिभा उजागर हुने र यसले पढाइमा समेत अब्बल बनाउन ठूलो सहयोग पुग्ने हेतुले यसपटक पनि रामायण वाचन प्रतियोगिता सम्पन्न गरिएको छ ।

कक्षागत रूपमा विभिन्न तहमा विभाजन गरी सम्पन्न गरिएको उक्त प्रतियोगितामा कक्षा २– ६ सम्मका करीब १२५ विद्यार्थीहरुको सहभागिता रहेको थियो । विद्यार्थी अनुष्का पोखरेलको सभापतित्व , शुसान्त परियारको प्रमुख आतिथ्यता , डोल्मा गुरुङ्गको स्वागत , प्रनिश न्यौपाने र मनिष राई अतिथिहरु रहेको उक्त कार्यक्रम स्मृति वि.क. र कञ्चन श्रीसले सञ्चालन गरेका थिए भने शिक्षक द्वय नीता भण्डारी र सलीना पुनले निर्णायकको भूमिका निर्वाह गरेका थिए । उक्त प्रतियोगितामा कक्षा २–६ सम्मका क्रमशः सोरा चौधरी , कृष्टि श्रीस , निर्मला खनाल, आयान कोइराला , सुमिजन के.सी र निरज चौधरीले प्रथम स्थान हासिल गरेका थिए ।

यसैगरी कक्षा ७–९ सम्म सम्पन्न रामायण वाचन प्रतियोगिता विद्यार्थी मनित रानाको सभापतित्व , अन्सुम भुषालको प्रमुख आथित्यता , जलन सारुको स्वागत तथा स्मिता के.सी . र आस्था बोटेको सञ्चालनमा सम्पन्न भएको थियो । करीब ७५ जना विद्यार्थी सहभागी भएको उक्त प्रतियोगितामा शिक्षक द्वय दिपा कार्की र नीता भण्डारीले निर्णायको भूमिका निर्वाह गरेका थिए । उक्त प्रतियोगितामा ७–९ सम्मका क्रमशः प्रिन्सा पाण्डे, सृष्टि भण्डारी र प्रशंसा न्यौपाने प्रथम हुन सफल भएका थिए ।