प्रयास साकोसले मानव सेवा आश्रममा खुवायो एक छाक खाना

मेचीकाली संवाददाता

३० असार २०८१, शनिबार
232 shares

बुटवल । प्रयास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १७ औँ स्थापना दिवसको पूर्वसन्ध्यामा बुटवल–८ सुख्खानगरस्थित मानव सेवा आश्रममा भोजन खुवाउने कार्यक्रम सम्पन्न गरेको छ ।

सरकारले बि.सं २०८२ सम्ममा नेपाललाई सडक मानवमुक्त बनाउने घोषणा गरेको र सरकारको यो अभियानमा मानव सेवा आश्रमले सडक मानवको उद्धार र संरक्षणमा पुराएको योगदानप्रति सम्मान गर्दै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एक छाक भोजन खुवाउनका लागि १० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

महिला विकास उपसमितिका संयोजक सीता कंडेल तरामुको अध्यक्षता, संस्थाका अध्यक्ष भीमबहादुर थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

आश्रममा रहेका ४५ जना जेष्ठ नागरिक साथै बेसहारा अभिभावक बिहिनलाई खाना खुवाउन संस्थाका संचालक, सल्लाहकार, उपसमितिहरु, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रयास साकोसले बिगत १६ बर्षदेखि आफ्नो कार्यक्षेत्र भित्र सामाजिक तथा आर्थिक बिकासमा उल्लेखनीय योगदान पुर्याउँदै आएको र संस्थाले स्थापना दिवसको अवसरमा स्वास्थ्य शिविर, रक्तदान, सरसफाइ जस्ता कार्यक्रम सञ्चालन गरेर सदस्यको मन जित्न सफल भएको संस्थाका सञ्चालक सदस्य झबिन्द्र प्रसाद आचार्यले बताए ।

सुनिता गिरीको स्वागत तथा सीता थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएकाृे थियो ।