रोटरी तिलोत्तमा रुपन्देहीद्धारा क्लव अफिसर तालीम सम्पन्न

मेचीकाली संवाददाता

३१ असार २०८१, आईतवार
220 shares

बुटवल । रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीले क्लव अफिसर तालीम सम्पन्न गरेको छ । क्लवले क्लवका सदस्य तथा आफ्नो मातृत्वमा स्थापीत रोट्रर्‍याक क्लवका पदाधीकारीको क्षमता अभिबृद्धि गर्नका लागी क्लव अफिसर तालिम सम्पन्न गरेको हो ।

रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीको मातृत्वमा स्थापीत रोट्र्‍याक क्लव अफ तिलोत्तमा रुपन्देही, तिलोत्तमा देवदह र तिलोत्तमा शुद्धोधनका रोटरी बर्ष २०२४र२५ का लागी निर्वाचित बोर्ड पदाधीकारी तथा क्लव सदस्यहरुका लागी क्लव अफिसर तालीमको आयोजना गरिएको रोटरी क्लव अफ तिलेत्तमा रुपन्देहीका अध्यक्ष देवीराम पाण्डेले जानकारी दिए ।

हरेक बर्ष जुलाई १ देखी नयाँ रोटरी बर्षको प्रारम्भ हुने र एक व्यक्ति एक पद एक कार्यकाल रोटरीमा रहेको हुदाँ क्लवमा नयाँ रोटरी बर्ष सुरु भए सँगै बोर्ड पदाधीकारी तथा सदस्यहरुलाई आफ्ना जिम्मेवारी तथा काम कर्तव्यका बिषयमा जानकारी दिन क्लवले क्लव अफिसर तालीम (कट्स) को आयोजना गरेको उनले बताए ।

रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटानका रोटरी इन्टरनेशनल कोर्डिनेटर तथा डिष्ट्रिक ट्रेनिङ्ग कोच्यर लक्ष्मण ज्ञवालीले सहजीकरण गरेको तालीममा बोल्दै उनले रोटरी अभियानमा जोडिएका रोटरी सदस्यलाई अपडेट बनाउनका लागी क्लव लेभलबाट नै अफिसर जस्ता तालीमको आयोजना गर्नु पर्ने बताए । उनले रोटरी बर्षको सुरुवात सँगै क्लवले आयोजना गर्ने यस्ता तालीमबाट सदस्यलाई आफ्नो काम कर्तव्यका बिषयमा ज्ञान हुनुका साथै सदस्हरुको क्षमता अभिबृद्धिमा पनि महत्वपुण योगदान पुग्ने बताए ।

रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीका पुर्व अध्यक्ष एवं रिजन सचिव कृष्ण प्रसाद पौडेल, पुर्व अध्यक्ष गोपाल ज्ञवाली, नविन प्रधान, निर्वतमान अध्यक्ष निरज श्रेष्ठ, उपाध्यक्ष निराजन पोख्रेल, टिकाराम पाण्डे, सचिव अर्जुन प्रसाद आचार्य लगायतले बोल्दै सदस्यहरुको क्षमता अभिबृद्धिका लागी क्लवले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनु पर्ने बताए । कार्यक्रममा रोटरी तथा रोटर्‍याक क्लवका सदस्यहरुको उपस्थिती रहेको थियो ।