पाल्पामा घर भत्किदा बालिकाको मृत्यु

मेचीकाली संवाददाता

१३ भाद्र २०७८, आईतवार
540 shares

बुटवल । अविरल वर्षाका कारण पाल्पाको तानसेनमा घर भत्किंदा १० वर्षीया बालिकाको मृत्यु भएको छ । तानसेन नगरपालिका–५ कैलाशनगरमा एकतले कच्ची घर भत्किएर पुरिँदा स्थानीय नारायण दर्जीकी १० वषिर्या छोरी नैना दर्जीको मृत्यु भएको हो ।

रातको साढे २ बजे घर पछाडिको गारो भत्किएर पुरिंदा गम्भीर घाइते भएकी बालिकालाई उपचार गर्न मिसन अस्पताल तानसेनमा पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको पाल्पा प्रहरी प्रवक्ता डीएसपी रामेश्वर त्वाँतीले बताए ।