रूपन्देहीमा स्वीमीङ पुलमा डुबेर गुल्मीका एक युवकको मृत्यु

मेचीकाली संवाददाता

३ श्रावण २०८१, बिहीबार
210 shares
सांकेतिक तस्विर

बुटवल । रुपन्देहीमा स्वीमीङ पुलमा डुबेर गुल्मीका एक युवकको मृत्यु भएको छ ।

गुल्मीको धुर्कोट गाउँपालिका–७ वाग्लाका २४ वर्षीय बिमल थापाको शुद्धोधन गाउँपालिका–४ फर्साटिकरस्थित रिद्दिसिद्धी पार्टी प्यालेसको स्विमिङ पुलमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनले सोही पार्टी प्यालेसमा काम गर्दै आएका थिए । गत सोमबार राति पौडी खेल्ने क्रममा डुबेका थापाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टले बताए ।