साहीत्यीक यात्रामा बिजय हितान

मेचीकाली संवाददाता

५ श्रावण २०८१, शनिबार
227 shares

मिलन गाहामगर

गुल्मीको पौँदि अमराइमा समाजसेवी स्व.बुबा जयबहादुर हितान र आमा प्रेमकुमारी हितान मगरको कोखबाट जन्मीएका हुन् बिजय हितान मगर । बुबा जय बहादुर बुटवलको मिलनचोकमा आफ्नो बसाईमा र समाज सेवामा नेपाल मगर संघको केन्द्रीय नेतृत्वमा लामो समयदेखी काम गर्नुभएका एक सामाजीक मिहीन पात्र हुनुहुन्छ ।

नेपालमा तत्कालीन अबस्थामा बाइसे र चौबिसे राज्यमा आफ्नो प्रभुत्व जमाएका मगर समुदायमा सत्ताच्युत पछी भरीयाको जिबन बाच्दै आएको अबस्थामा बिदेशीहरु नेपाल घुमन आएका बेलामा मगर समुदायको ईमानलाई छिट्टै चिन्न सहज बन्यो यही सिलसीलामा बेलायत लगायत बिभीन्न देशहरुमा इमानदारी पुर्बक काम गर्ने पात्रहरुको खोजी भएका बेलामा बिभीन्न देशहरुमा भर्ती हुने प्रचलनले आर्थीक अबस्थामा सुधार आएता पनी राज्य संयन्त्रको बागडोरमा मगर समुदायको उपस्थीती निकै कमजोर उपस्थीती रहेको थियो ।

आजपनी त्यसको क्षतीपुर्ती हुन सकेको छैन राज्य अधिकार बिहीन संघीयताको मोडलमा यात्रा तय गरिरहेको छ । नेपालको संबीधानले कल्पना गरेको समाबेशीता ठुला बडाका लागी मात्र साईत पर्छ यसको अबतरण र सही दिशा निर्देश हुने कुरामा नागरीकहरु ससंकीत छन् । यस्तो बिरासतबाट २०२४ शालमा जन्मेका हितान हाल फल्कस्टोन, केन्ट, बेलायत मा बस्दै आएका छन् । ततकालीन अबस्थामा राजयको बिभेदकारी नितीले पलायन भएका समुदाय बिस्तारै लोकतान्त्रीक गणतन्त्रमा आउदा केही केही हदसम्म बिकाशको चरणमा छ । बेलायती सेनामा जानका लागी परिस्थीतीले बनाएको एक पात्र बिजय हितान पनी एक पात्र हुन् ।

बेलायती सेनामा अबकाश लिएर सेवानिबृत्त जिबनमा आफ्ना बाकी दिनहरु अगाढी बढाउदैछन्। शिक्षाको हकमा एस् एल सी, श्री ५ ईन्द्र राज्य लक्ष्मी मा वी, भैरहवा त्यस्तै बी एस् सी (वातावरण विज्ञान), ओपन युनिभर्सिटी अफ हङ कङ तथा एम एस् सी (वातावरण विज्ञान), युनिभर्सिटी अफ ग्रीनविच, लन्डन मा गरेका हितान लाहुरे बरिवारका एक अग्रगामी पात्र हुन जस्ले बिभीन्न परिबर्तनका अभियानमा आफुलाई शतिसाल झै अडीक राखेका छन् ।

नेपाल छोडेर बिदेश जाने पात्रहरु लाहुरे हुने र लाहुरे दाईको रुपमा समाजमा उपमा पाएको छ । सेनामा भर्ती हुने लाहुरे र सिभीलमा जाने बिदेशीने प्रचलन केबल रोजगार र आफ्नो जिबन गुजारा गर्ने माध्यम बनेको छ । कक्षा १२ को अध्ययन सकेलगत्तै बिदेशको सपनाहरु मनभरी छताछुल्ल पारी ऋिणधन गरेर नोपललाई बिदाईको हात हल्लाउदै अन्तराष्ट्रीय बिमानस्थलमा खादा माला लगाएर बाहीरीने प्रचलन बाक्लीएको छ । यसले नेपालको बिकाश कुन गतीमा छ भन्ने कुराको इगीत गर्दछ ।

त्यो बेलामा त्यही लाहुरे दाई को पक्तीमा उभीएका एक हुन बिजय हितान लाहुरे मात्र नभएर बाताबरण साहीत्यमा राम्रो दख्खल राख्ने बिजय हितान एक अभीयान्ता पनी हुन जस्ले बिदेशमा बसेर पनी नेपाली साहीत्यलाई उचाईमा पुर्याउन धेरै आफ्ना कलमलाई यात्रामा निखार्दे साहीत्यीक यात्रा मा पनी पर्याबरण साहीत्यमा बढी रुची राख्छन । बिकाशको नाममा लामो समयदेखी बिग्रीदै गएको बाताबरण लाई जोगाउन साहीत्य मार्फत अभीयान सञ्चालन गरेका हितान बाताबरण जोगाउन साहीत्य मार्फत खबरदारी पनी निरन्तर गर्दे आएका छन् ।

बिजय हितानका अब्बल कृतीहरु
१) बिछोड अघिको रात (कबिता संग्रह विसं २०६७ )
२) थकित पृथ्वी (कथा संग्रह विसं २०७० )
३) जयबहादुर हितान मगरः ब्यक्तित्व कृतित्व (सम्पादन विसं २०७१)
४) बाग्मती ब्लुज (कबिता संग्रह विसं २०७३)
५) इको उत्सर्जन (निबन्ध संग्रह विसं २०७३)
६) स्वच्छन्द सुसेलिहरु, (कविता संग्रह सम्पादन विसं २०७४)
७) शहिदको सपना, (रेडियो नाटक विसं २०७५)
८) स्वच्छन्द सुसेलीहरू २ (कविता संग्रह सम्पादन विसं २०७७)
९ ब्लू प्लानेट (कथा संग्रह, बिसं २०७८)
१० मगर रिन्हाक (निबन्ध संग्रह÷दस्तावेजिकरण, विसं २०७८)
११ लाहुरेको रेलिमाई (उपन्यास)
१२ पर्या साहीत्य सिद्दान्त र सिर्जना (सम्पादन विसं २०८०)
१३ ब्लु प्लानेट (अंग्रेजी पर्या कथा विसं २०८०)

यस्ता बिभीन्न कृतीहरुले हितानको साहीत्यीक यात्रालाई थप मलजल गर्नका लागी र गरेका कामहरुले बिभीन्न राष्ट्रीय पुरस्कार समेत हात लागेको छ । कामको सही मुलयांकन हुंदा यस्ता पुरस्कारहरुले पनी नयाय पाएको छ । आजभोली पुरस्कार हरु निकै सस्तो भएको बेलामा यस्ता पुरस्कारहरु गहकिला छन् । हितानले कस्ता पुरस्कारहरु हात पारे केही बिबरण प्रस्तुत छ ।

–उपन्यास लाहुरेको रेलिमाईको लागि अरनिको अन्तर्राष्ट्रिय पुरस्कार २०७९ बाट पुरस्कृत
–बाह्रखरिले आयोजना गरेको विश्वस्तरिय कथा प्रतियोगिता २०८० मा पर्या कथा ‘चेपाङ चमेरा र चिउरी’ लाई तृतीय पुरस्कार

ब्रिटिश गोर्खाज बाट सेवानिब्रित भएका हितानले हाल एनभायरोमेन्ट एजेन्सी, इङलेन्डमा वातावरण अधिकृतको रुपमा कार्यरत रहेका छन् बाताबरण आफ्नो रुची भएका कारण पनी यो क्षेत्रमा उनको प्रबेशले पर्याबरण साहीत्यमा अझ बलीयो उपस्थीती बनाएको छ । जाहा धेरै कुराहरु सिकने अबशर समेत हितानले पाएका छन् । बिदेशमा बसेर नेपाली साहीत्यलाई उजागर गर्ने नेपालको नाम नेपाली साहीतयको नाम उचाईमा पुर्याउने एक गर्बीलो पात्र हुन् हितान । गुल्मी जिल्लामा आफ्ना थात थलो भएतापनी बुटवलको मिलनचोक उनको बाल्यकाल देखी बयस्क सम्म बिताए हाल बिदेशी भुमीमा बाध्यताले आफ्नो कर्म गर्दे छन् । भबीष्यमा नेपालको माटोलाई माया गर्ने र केही योगदान दिने उनको चाहाना छ ।

छिमेकी राष्ट्र भारत, सहीत हङकङ, बेलायत, साइप्रस, क्यानडा, ब्रुनाइ, मलेसिया, थाइल्यान्ड, मकाउ, चाइना, फ्रान्स, बेल्जियम, अमेरिका, दुबई लगायतका देशहरु घुमेका बिदेशको बिकाश हेरेका हितान आफ्नो मुलुकले फड्को मार्न नसकेको प्रती निकै दुःखी छन् ।

बिभीन्न कृतीहरु सहीत सामाजीक संघ संस्थाहरुमा समेत हितानको संम्लगनता रहेको छ । ब्रिटीस गोर्खामा लामो समय बिताएका लाहुरे हितान मास्टर मित्रसेन स्मृति प्रतिष्ठान– आजीवन सदस्य सन २०१३
जितबहादुर सिन्जाली मगर साहित्य प्रतिष्ठान– आजीवन सदस्य तथा जयबहादुर हितानमगर स्म्रिती पुरस्कार कोष सम्रक्षक सन २०१४
प्रथम शहीद लखन थापा मगर स्मृति प्रतिष्ठान–आजीवन सदस्य सन २०१६
मगर अध्यन केन्द्र– आजीवन सदस्य सन २०१४
नेपाल स्रष्ठा समाज– आजीवन सदस्य सन २०२२
नेपाली प्रतिभा प्रतिष्ठान– बिशिष्ट सदस्य, तथा कार्यकारी समिती सदस्य सन २०१०
बिश्व नेपाली साहित्य महासंघ– संरक्षक सदस्य, तथा केन्द्रिय सदस्य सन २०१५– २०१८, २०१९–२०२२
बिश्व नेपाली साहित्य महासंघ साउथ युके– अध्यक्ष सन २०१६–२०१८, २०२०–२०२२
बिश्व नेपाली साहित्य महासंघ– केन्द्रिय उपाध्यक्ष २०२२–२०२५
चाटर्ड इन्स्टिटुड अफ इन्भायरोमेन्ट एन्ड वाटर मनेजमेन्ट–ग्राजुएट मेम्बर सन २००८
विश्व बन्यजन्तु सम्रछण कोष–मेम्बर सन २००८

माथी उल्लेखीत बिभीन्न संघ संस्थाहरुको प्रतीनीधीत्वले पनी उनी समाज र राष्ट्रको चौतर्फी प्रगतीका लागी आफुले भ्याए सम्म दिलो जयान दिने कोसीस गरेका छन् । अधिकांश लाहुरे हरु पल्टनमा दुख गरेपछी बाकी जिबन आनन्दले बिताउने प्रचलन रहेको भएतापनी बिजय हितानको कर्म बाट समाजका लागी देशका लागी जहा जसरी भएतापनी योगदान दिनुपर्छ भन्ने मान्यतालाई अनुसरण गर्न सकीन्छ । बाँकी जीवन साहीत्य मार्फत नेपाली जनजीवनमा परिवर्तन ल्याउन सकुन यहि कामना ।