बुटवलमा लैङ्गिक समानता सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

मेचीकाली संवाददाता

६ श्रावण २०८१, आईतवार
98 shares

बुटवल । स्काउट पिस एण्ड सेक्युरिटी लुम्बिनी प्रदेशको आयोजनमा लैङ्गिक समानता सम्वन्धी अन्तक्र्रिया कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवि अर्यालले समाजमा देखिएको महिला पुरुषवीचको विभेद समान्तवादी चिन्तन र बाहिरी रुपमा देखिने व्यावहारले गर्दा महिला पुरुषमा विभेद देखिएको बताइन । समाजमा देखिएको यस्तो खालको विभेदको अन्त्यका लागि महिलाहरुले निरन्तर आन्दोलन गर्नुपर्ने उनको भनाइ छ ।

नेपाल स्काउट लुम्बिनी प्रदेशका स्काउट आयुक्त दिननाथ भट्टराईले नेपाल सरकारले दिएका अधिकारबाट महिला र पुरुषको अधिकार समान रुपमा उपयोग गर्न पाउने र बिभेदरहित समाज निमार्ण भएमा मात्र लैङगिक समानता देखिने बताए । नेपाल स्काउट लुम्विनी प्रदेशले विगतदेखि नै जनचासोका बिभिन्न कार्यक्रमहरु गदै समाज रुपमान्तरका निम्ती महत्वपूर्ण भुमिका खेल्दै आएको बताए ।

ईलाका प्रहरी कार्यलय बुटवलका प्रमुख प्रहरी नायक उपरिक्षक बिजयराज पण्डितले लैङ्गिक समानताका कारण समाजमा बिभिन्न खालका घटनाहरु घट्दै आएको बताए । ईलाका प्रहरी कार्यलयमा अहिले पनि दैनिकजसो शारिरिक हिंसा, मानसिक हिंसा, आर्थिक हिंसाका घटनाका पीडितहरु आउने गरेको उनले बताए । त्यस्तै, महिला अधिकारकर्मी हेमा न्यौपानेले नेपाल सरकारले महिलाहरुलाई दिएको अधिकार पूर्णरुपमा उपयोग गर्न पाउनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा नेपाल पत्रकार महासघ रुपन्देही उपाध्यक्ष अमृता अनमोल, तारा पुरीलगायतले महिला अधिकारका कुरा कागजमा मात्रै सिमित हुने र व्यावहार लागु नहुने हुँदा महिलाहरु बिभिन्न हिंसाबाट पीडित बन्नुपरेको समाजमा पछि परेको बताए ।