युवासंघ स्याङ्जाद्धारा वृहत रक्तदान कार्यक्रम सम्पन्न

मेचीकाली संवाददाता

७ श्रावण २०८१, सोमबार
174 shares

मुक्ति न्यौपाने

वालिङ । राष्ट्रिय युवासंघ नेपाल स्याङ्जाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेकपाका संस्थापक पुष्पलालको ४६औं स्मृति दिवसका अवसरमा राष्ट्रिय युवासंघ नेपाल स्याङ्जाले सोमबार वालिङमा रक्तदान कार्यक्रम गरेको हो । उक्त कार्यक्रममा १ सय ७ जनाले रक्तदान गरेका छन् ।

२९ पटक रक्तदान गरेका आँधिखोला गाउँपालिकाका अध्यक्ष विश्व पौडेललाई तीसौं पटकको रक्तदानका लागि गण्डकी प्रदेश सांसद सीता सुन्दासले व्लड प्याकेट हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरेकि हुन् । कार्यक्रमको उदघाटन गर्दै गण्डकी प्रदेश सांसद सुन्दासले दान गरिएको रगतले नयाँ जीवन दिने भएकाले युवा संघले गरेको महत्वपूर्ण र सिर्जनशील कार्य सराहनीय रहेको बताईन ।

पुष्पलालले स्थापना गरेको पार्टी आज राज्यको नेतृत्वमा रहेको र उहाँको सम्झनामा युवासंघले रक्तदान जस्तो रचनात्मक कार्यलाई निरन्तरता दिदै आएकोमा धन्यवाद व्यक्त गरे ।

समाज रुपान्तरणमा युवासंघले भूमिका खेल्ने गरेको उल्लेख गर्दै गण्डकी प्रदेश सांसद सुन्दासले हरेक अफ्ठ्याराहरुमा सक्रीयता देखाउँदै आएको औंल्याईन । उनले भनिन राज्यको नेतृत्वमा युवाहरु जान आवश्यक रहेकोमा जोड दिईन ।

रगतको अभावमा कोही छटपटिएर मर्न नपरोस भनेर वार्षिक नियमितरुपमा रक्तदान कार्यक्रम गर्दै आएको संघका अध्यक्ष राजन पोख्रेलले बताए । आज जम्मा भएको रगत जिल्लामा आधा रहने र आधा पोखरा पठाइने अध्यक्ष पोख्रेलले बताए ।