पुष्पलाल पार्कमा गुड केयर स्पा हाउस सञ्चालनमा

मेचीकाली संवाददाता

७ श्रावण २०८१, सोमबार
441 shares

बुटवल । बुटवल मुख्य चोक पुष्पलाल पार्कमा गुड केयर स्पा हाउस सञ्चालनमा आएको छ । युवा व्यवसायी सुरेन्द्र पौडेलले सुविधासम्पन्न स्पा हाउस सञ्चालनमा ल्याएका हुन् । हाउसको स्वणीम चौतारी रुपन्देहीका अध्यक्ष मोहन बिक्रम प्याथले उदघाटन गर । स्पा हाउसका सुरेन्द्र पौडेल मेडिटेसन हवका रुपमा सञ्चालन गर्ने उद्देश्य रहेको बताए ।

सुरेन्द्रले आगामी दिनमा अझै सेवा थप गदै जाने बताए । स्वर्णिम चौतारी रुपन्देहीका अध्यक्ष मोहनबिक्रम प्याथले व्यापारमा नयाँ नयाँ अवसर खोज्दै जानुपर्ने बताए । उनले व्यापार व्यवसायबाट तनाव र थकानको गर्न अन्त्य गर्न स्पा हाउस सफल हुने विश्वास लिए । कार्यक्रममा शिव पौडेलले स्पा थकान र तनाव व्यवस्थापनको गन्त्व्य बन्ने बताए ।

स्पामा ५ वटा क्याबिन छन् । १८ लाख लगानीमा स्पा सञ्चालनमा ल्याइएको हो । स्वर्णीम चौतारी रुपन्देहीका सचिव भोजराज जिसीले समयको माग अनुसार स्वास्थ्य र सौन्दर्यको लागि मसाज सेन्टरमा सेवा दिन सुझाव दिए । पछिल्लो समय मसाज सेन्टरमा खुल्ने क्रम तिब्र छ ।