तिनाउमा डुबेर दुई जनाको मृत्यु

मेचीकाली संवाददाता

१२ श्रावण २०८१, शनिबार
57 shares

बुटवल । बुटवलमा आफन्तकोमा आएका दुई बालकको तिनाउ नदीमा डुबेर मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नं ११ स्थित श्रृजनानगरमा रहेको आफन्तको घरमा आएका २ बालक नदीमा पौडी खेल्ने क्रममा शुक्रबार बगेको बुटवल उपपमहानगरपालिका वडा नं ११ का सदस्य नकुल शाहीले बताउनुभयो ।

आफ्नी आमासँग सानी आमाको घरमा भेट गर्न आएका बागलुङको बरेङ गाउपालिका वडा नं ४ घर भई श्रृजनानगर बस्ने १२ वर्षीय विवश खत्री र सैनामैना नगरपालिका बस्ने ८ वर्षीय बिप्रन पाण्डे तिनाउ नदीमा बगेका हुन् ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार तिनाउ नदीमा पौडी खेल्न गएका ३ जनामध्ये दुई जनालाई नदीले बगाएको देखेपछि सँगै गएका अर्का बालकले आफन्तलाई खवर गरेका थिए । तिनाउ नदीमा बगेका दुवै बालक दिदी बहिनीका छोराहरु हुन् ।

तिनाउ नदीमा वेपत्ता भएका विवशको शव पौडी खेलेको स्थान भन्दा केही तल शुक्रबार राती नै फेला परेको थियो । बिप्रनको शब भने शनिबार बिहान झण्डापुर स्थित तिनाउ नदिमा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक बिजयराज पण्डितले जानकारी दिनुभयो ।