लायन्स क्लव अफ बुटवल देउरालीद्धारा मानवसेवा आश्रममा खाना खुवाउने कार्यक्रम सम्पन्न

मेचीकाली संवाददाता

१५ श्रावण २०८१, मंगलवार
204 shares

बुटवल । लायन्स क्लव अफ बुटवल देउरालीले मानवसेवा आश्रममा खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको छ । क्लवमा अध्यक्ष कृष्ण भण्डारीका बुबाको स्मृतिमा खाना खुवाउने कार्यक्रम आयोजना गरिएको हो ।

क्लवले बिगतका बर्षका बर्ष देखि नै सामाजिक उत्तरदायित्व अन्र्तगतका बिभिन्न खालका सामाजिक कार्यहरु गदै आएको र आज खाना खुवाउने कार्यक्रम सम्पन्न गरिएको अध्यक्ष भण्डारीले बताए । स्थापना कालदेखि नै क्लवले गरिब दुखि अनाथ असायहरुका निम्ती बिभिन्न खालका सहयोगहरु निरन्तर गदै आएको उनले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स डिष्ट्रिका गर्भनर पुरुसोत्तम भक्त प्रधानाङ्गले लायन्स क्लव अफ बुटवल देउरालीले सामाजिक क्षेत्रमा गरेका कामहरु निकै महत्वपूर्ण रहेको बताए । मानब सेवा आश्रम जस्तो पवित्र ठाउमा आयर बेसाराहारा वालवालिकाहरुलाई खाना खुवायर पवित्र कार्य गरेकोमा धन्यवाद व्यक्त गरे । क्लवले सामाजिक क्षेत्रमा गरिब दुखि अनाथ असाय शिक्षा, स्वास्थ्य,र खेलकुदका क्षेत्रममा गरेको सहयोग उल्लेखनिय रहेको बताए । क्लवलाई सामाजिक क्षेत्रमा उत्प्रेति गर्नको निम्ती डिष्ट्रिकको तर्फवाट आवश्यक सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा लायन्स डिष्ट्रिक डेपुटि चियर गणेश प्रसाद भट्टराई, लायन्स एरिया ३ का एरिया चिफ सान्ति पाठक पाण्डे,जोन चियर पर्सन इसु देवकोटा,क्लवका निर्वमान अध्यक्ष दिपक पन्थी, संस्थापक अध्यक्ष टिकाराम बन्जाडे लगायतले कार्यक्रममा मन्तव्य राखेका थिए । कार्यक्रम क्लवका अध्यक्ष कृष्ण भण्डारीको अध्यक्षयता तथा सचिव नगेन्द्र आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।