थुनुवालाई कानुन व्यवसायीसँग भेट्न गोप्य कक्ष व्यवस्था गर्न माग गर्दै रिट दर्ता

मेचीकाली संवाददाता

१८ श्रावण २०८१, शुक्रबार
861 shares

बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालय, सिटी क्याम्पस बुटवलमा चौथो सेमेस्टरमा अध्यनरत बिद्यार्थीहरु र एडभोकेसी फोरम नेपालले संयुक्त रुपमा उच्च अदालत तुलसीपुर बुटवल इजलासमा सार्वजनिक सरोकारको मुद्दा दर्ता गरेका छन ।

थुनुवालाई कानुन व्यवसायीसँग भेट्ने क्रममा आवश्यक गोप्य कक्ष व्यवस्था गर्न माग गर्दै बिए.एल.एल.बि. अध्यनरत बिद्याथीहरु असमी खड्का, विष्णु गौतम, प्रमिषा घिमिरे, गिरिराज रेग्मी, अमित कुमार गौड, इसराफिल गदी र एडभोकेसी फोरम नेपाल लुम्बिनी प्रदेश संयोजक इन्दिरा आचार्यले रिट निवेदन दर्ता गराएका हुन् ।

नेपालको संविधानको भाग ३ (मौलीक हक) को धारा २० न्याय सम्बन्धी हक (२) अनुसार प्रक्राउ परेको व्यक्तिलाई पक्राउ परेको समयदेखि नै आफूले रोजेको कानुन व्यवसायीसँग सल्लाह लिन पाउने तथा कानुन व्यवसायीद्वारा पूर्पक्ष गर्ने हक हुने भएकोले त्यस्तो व्यक्तिले आफ्नो कानुन व्यवसायीसँग गरेको परामर्श र निजले दिएको सल्लाह गोप्य रहने विद्यार्थी गिरिराज रेग्मीले बताए ।