निजामती कर्मचारी संगठन गैडहवाको अध्यक्षमा पौडेल

मेचीकाली संवाददाता

१३ भाद्र २०७८, आईतवार
650 shares

बुटवल । नेपाल निजामती कर्मचारी संगठन गैडहवा गाउँपालिका इकाई समितिमा यमकान्त पौडैलको अध्यक्षतामा ११ सदस्यीय नयां नेतृत्व चयन भएको छ।

जसको उपाध्यक्षमा सुरेन्द्र चौहान, सचिबमा माधवराज पौडेल, सह सचिवमा बन्धना चौहान, कोषाध्यक्षमा सुर्यप्रसाद कंडेल रहेका छन्। त्यस्तै सदस्यहरुमा रामविलास धवल, दिपक मरासिनी, ज्ञानु न्यौपाने, शान्ता गिरी, दीपा पौडेल चयन भएका छन् भने एक सदस्य पछि मनोनित गरिने नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीका सदस्य प्रेम प्रसाद खनालले जानकारी दिए।

निर्वाचित पदाधिकारी र सदस्यहरुलाई नेपाल निजामति कर्मचारी संगठनका केन्द्रीय सदस्य काशिराम आचार्यले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए। आचार्यले यो सगठनले कर्मचारीको हक हितको लागि काम गर्ने बताए।

निजामती कर्मचारी संगठन रुपन्देहीका अध्यक्ष केशव भट्टराईको अध्यक्षता तथा सचिव इश्वरी ज्ञवालीको सञ्चालनमा भएको कार्यक्रममा आधिकारीक ट्रेड युनियनका केन्द्रीय सदस्य मेघदेव पन्तले कर्मचारीको क्षमता बिकासको लागि संगठनले सधै अग्रपंक्तिमा रहेर काम गर्ने बताएका थिए।

कार्यक्रममा गैडहवा ८ का वडाध्क्ष भुलन बहादुर रानामगर, संगठनका केन्द्रीय सदस्य नारायणप्रसाद भण्डारी, यमकान्त पौडेल, कमल पराजुली, गुप्त बहादुर पुन, प्रेम प्रसाद खनाल लगायतले शुभकामना व्यक्त गरेका थिए ।