युवा संघ नेपालद्वारा बुटवलमा बृहत रक्तदान

मेचीकाली संवाददाता

१८ श्रावण २०८१, शुक्रबार
435 shares

बुटवल । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ, नेपाल, जिल्ला कमिटी रुपन्देहीले शुक्रबार बुटवलमा बृहत रक्तदान गरेको छ । संघले केन्द्रको सर्कुलर अनुसार रक्तदान गरेको हो । रक्तदान कार्यक्रमको नेकपा एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले एक्सपर्ट एजुकेशन फाउण्डेसनका अध्यक्ष रोशन कंडेललाई रक्तदान ब्याग दिएर उद्घाटन गरे ।

सो अवसरमा बोल्दै अध्यक्ष गैरेले युवा संघले सामाजिक र रचनात्मक काम गर्दै आएकोमा खुसी ब्यक्त गर्दै आगामी दिनमा त्यस्ता कामलाई अझै बढाउन आग्रह गरे । युवा संघका गतिविधिलाई समाजले राम्रो रुपमा लिएको अध्यक्ष गैरेको भनाइ छ ।

कार्यक्रममा बोल्दै राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष बिकासजंग बस्नेतले संघले छिट्टै युर्थ फोर्स भेला, प्रदेश साइवर सर्कल गठन र संगठनको काम गर्ने तयारी गरेको बताए । संघले शुक्रबार भएको रक्तदानमा ६६ युनिट रगत संकलन भएको संघका सचिव दिपेश कंडेलले जानकारी दिए ।

कार्यक्रममा, संघका केन्द्रीय सदस्य तथा लुम्बिनी इन्चार्ज, केशब रोका, केन्द्रिय स्थायी कमिटी सदस्य किरण नेपाल, जीवन अधिकारी, एक्सपर्ट एजुकेशन फाउण्डेसनका अध्यक्ष रोशन कंडेल, केन्द्रीय सदस्य कल्पना पाडे मगर, श्रद्धा कुवर, केन्द्रिय विज्ञ परिषद उप प्रमुख दिननाथ भट्टराई, संगठनका गण्डकी प्रदेश अध्यक्ष पिताम्बर खनाल, एमाले रुपन्देही जिल्ला कमिटी सदस्य नकुल शाही, कृष्ण मल्ल ठकुरी, दिनेश फुल्लेल, इश्वरी न्यौपाने, केन्द्रीय लेखा आयोग सदस्य, बिकास गहतराज केन्द्रिय लगायतले बोल्दै रगतको अभाव टार्न नियमित रक्तदान गर्न जोड दिए ।