बुटवल । बुटवल–११ देवीनगरस्थित गार्गी एकेडेमीमा शुक्रबार पहिलो त्रैमासिक परीक्षाको नतिजा प्रकाशन गरिएको छ । नतिजा प्रकाशनको अवसर पारेर विद्यार्थी लक्षित दन्त शिविर पनि विद्यालयमा सम्पन्न गरिएको छ ।
चौराहा हस्पिटलका वरिष्ठ चिकित्सक डा.अस्मिता भुसालको टिमले दात परीक्षण गरी आवश्यक सल्लाह र थप उपचार गर्नुपर्ने अस्पतालको सम्पर्कमा आउन आग्रह गरे । शिविरबाट धेरै विद्यार्थीले लाभ लिएका थिए । असार २८ गतेदेखि साउन ४ गतेसम्म सञ्चालित प्रथम त्रैमासिक परीक्षामा २ हजार ३४१ जना विद्यार्थी सहभागी भएका थिए ।
परीक्षामा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीहरुलाई तहगत संयोजकहरुबाट पुरस्कार वितरण गरिएको थियो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष झविन्द्र अधिकारीले कक्षागत रुपमा उत्कृष्ट नजिता प्राप्त गर्ने मेधावी विद्यार्थीहरुलाई त्रैमासिक छात्रवृत्तिको घोषणा पनि गरे । विद्यालयले नतिजा प्रकाशनकै अवसर पारेर चित्रकला प्रदर्शनी समेत ग¥यो ।
गार्गी आट्स क्लबका विद्यार्थीहरुले प्राकृतिक सम्पदा, राष्ट्रिय विभूति, विशिष्ट व्यक्तित्व, विभिन्न संस्कार, संस्कृति झल्किने चित्रहरु बनाएर प्रदर्शन गरेका थिए । आट्स क्लबका संयोजक विनय पटेल, सहसंयोजक विनिता पुनले तयारीमा विशेष सहयोग गरेका थिए ।
विद्यालयले विद्यार्थीहरुको प्रतिभा उजागर गर्ने तथा अभिभावकहरुको चाहना बमोजिम कार्यक्रम गर्दै आएको विद्यालयका प्राचार्य भुवन अधिकारीले जानकारी दिए । विद्यालयका २ हजार ३४५ विद्यार्थी अध्ययनरत छन । गार्गी छोटो समयमै अब्बल शैक्षिक संस्थाको रुपमा दरिएको संस्थागत विद्यालय हो ।