

बुटवल । तिलोत्तमा नगरपालिका–३ जानकीनगरस्थित एक्सिस कलेजमा ‘इम्पायर प्रिजेन्ट फस्ट एक्सिस पब्जी टुर्नामेन्ट–२०२४’ सम्पन्न भएको छ । कलेजमा बिएचएममा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा काठमाडौं बाहिरको पहिलो कलेजका विद्यार्थी लेबलको पब्जी प्रतियोगिता सम्पन्न भएको हो ।
यही साउन १९ गते (शनिबार) देखि सुरु भएको प्रतियोगिता सोमबार समापन भएको छ । प्रतियोगितामा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुसँगै देशभरका ८४ टोलीले प्रतिस्पर्धा गरेको खेल संयोजक सुरज चौधरीले बताए । प्रत्येक समूहबाट ४/४ जना सहभागी भएका थिए ।

प्रतियोगितामा ग्रो अप स्पोर्ट टिम बुटवलले उपाधि जितेको छ । उपाधि विजेता ग्रो अप स्पोर्ट टिमले ४० हजार नगदसहित मेडल, प्रमाणपत्र जितेको छ । यस्तै प्रतियोगितामा उपविजेता हुने स्टेट अफ द आर्ट भैरहवाले २० हजार, तेस्रो हुने एसीई रुद्रपुर रुपन्देहीले १५ हजार नगदसहित मेडल, प्रमाणपत्र जितेका छन् । यस्तैगरी प्रतियोगितामा उत्कृट खेलाडीले ५ हजार पुरस्कार जितेको अर्का खेल संयोजक सेट परियारले जानकारी दिए ।
प्रतियोगितामा मेन अर्गनाइजरमा बिएचएम छैठौँ र दोस्रो सेमेस्टरका सम्पूर्ण विद्यार्थीहरु रहेका थिए भने इम्पायर एजुकेशन मिलनचोक बुटवलको स्पोन्सर र वल्र्ड लिङ्क कम्युनिकेशनले सपोर्ट गरेको थियो । यस्तै, प्रतियोगितामा कलेजका प्राचार्य ईभराज उपाध्याय, बिएचएम कोअर्डिनेटर आषिस गौतमलगायतले पुरस्कार वितरण गरेका थिए ।
पब्जीमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पहुँच पु¥याउन यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने प्राचार्य उपाध्यायले बताए । प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने खटिने व्यवस्थापन टिम, विद्यार्थीलगायतलाई धन्यवाद व्यक्त गर्दै उनले आगामी दिनमा पनि यस्ता प्रतियोगिताहरुलाई निरन्तरता दिने बताए ।